निजगढमा बकैया नदी नियन्त्रण गर्न च्यानलाईज शुरुवाती चरणमा सफल

निजगढ, २८ जेठ – बकैया नदीको बाढी नियन्त्रण गर्न निजगढ नगरपालिकाले गरेको च्यानलाईज शुरुवाती चरणमा सफल भएकोछ ।

नगरपालिकाले बकैया नदीको बाढीका कारण निजगढमा पुर्याउने बाढी र डुबानको क्षतिलाई रोक्न नदीको धार परिवर्तन गरेर ड्याम लगाउने काम गरिरहेकोछ ।

जसको परिणाम स्वरूप नदीले धार परिवर्तन गरेकोछ । बुधबार बिहान बकैया नदीमा आएको बाढी नदीको पश्चिमी क्षेत्रबाट बगेकोछ । जहा नगरपालिकाले च्यानलाईज गरेकोथियो ।

निजगढ नगरपालिकाको नदिजन्य पदार्थ उत्खननको ठेक्का पाएको ठेकेदार कम्पनि सुदिपा ट्रेडिङ प्रालिको सहयोगमा बस्तीतर्फ सोझिएको नदीलाई च्यानलाईज गरेर नदीको मुलधारतर्फ फर्काउने काम भएकोहो । गत वर्ष आएको बाढीले वडा नम्बर ४ स्थित ड्याम भत्काएर बस्तीतिर नदि छिर्न थालेपछि सो ठाउमा च्यानलाईज गरेर नदीको धार परिवर्तन गरि ड्याम निर्माण कार्य गरिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो । बकैया नदीले व्यापक रुपमा धनजनको क्षति तथा भविष्यमा समेत नदिजन्य प्राकृतिक विपद आउनसक्ने अनुमानका आधारमा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा उल्लेखित स्थानमा उत्खनन गर्ने गरि सरोकारवालाहरुको सुझाव,स्थानीय बासिन्दाको अनुरोध बमोजिम नै निजगढ नगरपालिकाको कार्यालयबाट विधिसम्मत निर्णय गराई गत जेठ दोश्रो हप्तादेखि नदि नियन्त्रण गरेर बस्ति जोगाउने कार्य गरिएको मेयर खनालले बताउनुभयो ।

नदीको वैज्ञानिक तटबन्धन गर्नकालागी नेपाल सरकार तथा प्रदेश सरकारका बिभिन्न मन्त्रालय,बिभाग,आयोजनामा पटक पटक लिखित,मौखिक,प्रत्यक्ष भेटघाट लगायतका विविध माध्यमद्वारा जानकारी गराउँदा पनि कुनै ठोस प्रगति हुन् नसकेकाले नदिजन्य पदार्थको व्यवस्थित उत्खनन गरि नदि च्यानलाईज गरि सुरक्षित मानव बस्ति बनाउनु आफुहरुको उद्धेश्य रहेको मेयर खनालले बताउनुभयो ।

राजश्व संकलन गर्ने मात्रै आफुहरुको लक्ष नरहेकोले मानव बस्ति जोगाउनतिर आफुहरुको ध्यान केन्द्रित रहेको मेयर खनालको धारणा रहेकोछ । यता नगरपालिकाको नदि नियन्त्रण कार्यलाई रोकेर निजगढलाई बकैया नदीको बाढीको जोखिम र डुबानमा पार्न खोज्ने आफुलाई युवा नेताको संज्ञा दिने निजगढका स्थानीय र बकैया नदि नियन्त्रणमा अवरोध गरेर भविष्यमा निजगढलाई बाढीको उच्च जोखिममा पार्न खोज्ने केहि तत्वहरुले भने नदि नियन्त्रण कार्यको बिरोध गरेर अवरोध शृजना गर्न खोजेकाछन ।

जसका कारण वर्षा याममा निजगढ बाढीको उच्च जोखिममा पर्नसक्छ । उनीहरुले सामाजिक संजाल र केहि संचारकर्मीलाई भ्रममा पारेर नदि नियन्त्रणको कार्यलाई असर हुने खाल्को भ्रामक टिकाटिप्पणी गरिरहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *