सिन्धुलीमा तीजका लागि १० लाख ४० हजार बजेट विनियोजन

सिन्धुली सम्वादाता /बजेट विनियोजन- हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो तीज । यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । तीजको अवसरमा देशैभरी रमाइलो माहोल छाइरहदा सिन्धुलीमा पनि पाँचवटा स्थानीयतहले तिज विशेष कार्यक्रमको लागि बजेट विनियोजन गरेका छन् ।

कमलामाई नगरपालिकाले तीज मनाउँनका लागि ३ लाख ५० हजार विनियोजन गरेको छ । नगरपालिकाको १४ वटा वडामा १५–१५ हजारका दरले २ लाख १० हजार वडा स्तरीय तीज कार्यक्रमको लागि छुट्याएको छ । बाँकी १ लाख ४० हजार रुपैयाँ बजेटले आज नगर स्तरीय तीज विशेष कार्यक्रम (मंगलबार) सिन्धुलीमाढी स्थित कमलामाई पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

तीज कार्यक्रम भड्किलो तरीकाले नभई चाँडपर्वको सद्भाव कायम राख्न तीज विशेष कार्यक्रमको आयोजना गरिएको नगरउपप्रमुख मञ्जु देवकोटाले बताईन् । उनका अनुसार विनियोजित बजेटबाट दिदीबहिनीहरु विच तीजको शुभकामना आदान प्रदान गर्नुका साथै दर खाने कार्यक्रम तय भएको थियो । त्यस्तै दुधौली नगरपालिकाले पनि तीज कार्यक्रमको लागि २ लाख बजेट विनियोजन गरेको उपप्रमुख बालकुमारी दनुवारले जानकारी दिईन् । प्रत्येक वडामा १०–१० हजारका दरले १ लाख ४० हजार तीज विशेष कार्यक्रम गरिएको र बाँकी ६० हजार रकमले सोमबार नगरस्तरिय कार्यक्रम भव्य रुपमा सम्पन्न् गरिएको उनले बताईन् ।

यस्तै तीनपाटन गाउँपालिकाले तिज विशेष कार्यक्रमका लागी २ लाख १५ हजार रुपैया बजेट विनियोजन गरिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । गाउँपालिकाको ११ वटा वडामा १५–१५ हजारका दरले १ लाख ६५ हजार र बाँकी ५० हजारले पालिका स्तरीय कार्यक्रम संचालनका लागी अन्तरपार्टी महिला संजाललाई दिईएको बताइएको छ ।

तीजको शुभकामना आदनप्रदानका लागी सुनकोशी गाउँपालिकाले पनि २ लाख र घ्याङलेख गाउँपालिकाले तिज विशेष कार्यक्रमका लागी ७५ हजार बजेट विनियोजन गरेको बताइएको छ । जिल्लाका अन्य गाउँपालिकाले भने तिज कार्यक्रम विभिन्न संघसंस्थाले आयोजना गरिरहेकोे र स्थानीय सरकाले बजेट नै विनियोज भने नगरेको उल्लेख छ ।

पालिकाहरुले यसरी बजेट छुट्टाएर महिला दिदीबहिनीहरुका लागी तिज विशेष कार्यक्रमको आयोजना गर्दा विभिन्न समस्याले माईती घर जान जान नपाएका र नपाउने महिलाहरुले स्थानीय सरकार नै माईती बनेको भन्दै खुसी व्यक्त गरेका छन् ।

र यो पनि हेर्नुस -सिन्धुलीको जुनारमा देखियाे कालो ढुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *