बाराको करैयामाई गाउपालिकामा विधुत चुहावट कार्यमा संलग्न ४३ जनालाई पक्राउ

बारा – नेपाल बिद्युत प्राधिकरणले बिद्युत चुहावट राेक्ने कार्यलाइ तिव्रता दिएको छ ।

यसै बिच प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल तथा नेपाल बिद्युत प्राधिकरण कलैया वितरण केन्द्रले बाराको करैयामाई गाउपालिकामा अभियानकै रुपमा नियन्त्रण अभियान चलाएकाे हाे ।

करैयामाई गाउपालिकाका ८ वटाका स्थित हरैया,ठुलो लौतन,सहजैली,मधुबन,तेतरीया, सिसुवा, ठोरीयाही लगायतका स्थानबाट विधुत चुहावट कार्यमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।

गाँउमा अवैध रुपमा विद्युत चुहावट गर्ने कार्यमा संलग्न रहेका ४३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रन्जीतसिंह राठोरले जानकारी दिनु भयो ।

र याे पनि – बाराको निजगढमा पोखरा-निजगढ साहित्यिक यात्रा गोष्ठि सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *