विना दाइजो विवाह गर्ने जोडीलाई ५० हजार दिने बारागढी गाउँपालिकाको घोषणा


बारागढी सम्वाददाता /बारागढी गाउँपालिकाको घोषणा – बाराको बारागढी गाउँपालिकाले विना दाइजो विवाह गर्ने जोडीलाई ५० हजार दिने भएको छ । तराइमा बिध्यमान रहेको दाइजो प्रथालाई न्युनिकरण गर्ने उद्देश्यले बारागढी गाउँपालिकाको घोषणा गरेको हो । गाउँपालिकाको शुक्रवार सम्पन्न चौथो गाउँसभाले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरीले एक्सप्रेस समाचारलाइ बताउनु भयो । गाँउपालिकाले यस सम्बन्धी निति नै बनाएर विना दाइजो विवाह गर्ने दम्पतीलाइ  औपचारिक कार्यक्रम नै गरी सम्मान गर्ने भएको हो । विवाह गर्ने जोडी दुबै गाउँपालिकाको क्षेत्रभित्रका भएमा रु‍‍‍ १ लाख दिने र विवाह गर्ने केटा वा केटी एक जना भएमा रु ५० हजार दिने निणर्य गरेको हो ।

यस्तै शुक्रबार सम्पन्न गाउँसभाले ३५ करोड ९२ लाख ९५ हजार ५ बराबरको बजेट पारित गरेको छ । जसमा संघीय सरकारबाट वित्तीय समानिकरण अनुदानतर्फ १० करोड १३ लाख, सशर्त अनुदान ९ करोड ३८ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रममा १३ लाख ३४ हजार, सामाजिक सुरक्षा भत्तातर्फ ३ करोड ८४ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ८२ लाख, खानेपानी तथा सरसफाईको लागी १७ लाख, सुरक्षित आप्रावासनमा १७ लाख बराबरको  आय÷व्याय अनुमान गरेको छ ।


बारागढी गाउँपालिकाको चाैथाे गाउँसभा

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरणमा ७१ लाख ५८ हजार, सशर्त अनुदान ५० लाख, विशेष अनुदान २० लाख, सम्पुरक अनुदान ३० लाख, आन्तरिक राजश्व आय २५ लाख १ हजार ५ सय,सवारी साधन करवाट ३२ लाख २ हजार, गत आवको बैंक मौज्दात ३ करोड रहेको छ । गाउँ सभाले चालु खर्च तथा प्रशासनतर्फ ७ करोड ३९ लाख ३ हजार ५ सय, पूँजीगत तर्फ कार्यालय सञ्चालन तथा विकास समेत गरी १३ करोड ४ लाख ५ हजार, सशर्ततर्फ ९ करोड ३८ लाख, गरी जम्मा संघ तर्फको खर्च ३० करोड ६१ लाख ५ सय रुपैयाँ बराबरको बजेट गाउँसभाले पारित गरेको  हो ।

बारागढी गाउँपालिकाको चाैथाे गाउँसभा

गाउँ सभाले बेटी बचाउ बेटी पढाऊ कार्यक्रम अन्र्तगत बालिकाको जन्म भएको ३५ दिनभित्र जन्म दर्ता गराउने बालिकाको नाममा बैंकमा खाता खोली निशुल्क रुपमा ५ हजार राखिदिने कुरा पारित गरेको थियो ।

र याे पनि हेर्नुस – शालिकराम मृत्यु प्रकरण अपडेट – प्रहरी कार्यालयमा ढुंगामुढा, ५ प्रहरी घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *