एउटै परिवारका तीन बालबालिका बेपत्ता

धनकुटा : पौडी खेल्न गएका एउटै परिवारका तीन बालवालिका तमोर नदीमा वेपत्ता भएका छन् । धनकुटा नगरपालिका–८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीय छोरा सञ्जीव राई, ७ वर्षीय छोरी सलिना राई र ७ वर्षीया छोरी सञ्जिला राई तमोर नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

आइतबार दिउँसो बाबुआमा खेतमा काम गर्न गएको बेला तमोर नदीमा पौडी खेल्न गएको परिवारको अनुमान छ । बेपत्ता बालबालिकालाई परिवार र आफन्तले खोजेपनि पत्ता नलागेपछि बुधबार परिवारले प्रहरीलाई खबर गरेका थिए । 

घटना थाहा भएलगत्तै प्रहरी घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुर्दशन कोइरालाले जानकारी दिए । खोजी कार्यमा प्रहरी परिचालन भइसकेको कोइरालाको भनाइ छ । 

यो पनि हेर्नुस – सप्तरीमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ३ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *