‘बेटी बचाउ बेटी पढाउ’ अन्तर्गत करैयामाईमा ५३ वटा साईकल वितरण

प्रदेश नं. २ को बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत बाराको करैयामाई गाउँपालिकामा १ मा साईकल वितरण गरिएको छ । सम्भु प्रसाद यादवको अध्यक्षथा तथा प्रतिनिधी सभा सदस्य रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५३ वटा साईकल वितरण गरिएको हो ।

करैयामाई गाउँपालिका १ सजौलीमा रहेको जन सामुदायिक माध्यामिक विद्यालयको प्राङगणमा भएको कार्यक्रममा विपन्न परिवारका छात्राहरुलाई विद्यालय जान आउन सहजहोस भन्नका लागि साईकल वितरण गरिएको कार्यक्रमको विशिष्ट अतिथि तथा प्रदेश नम्बर २ का अर्थ राज्य मन्त्री उषा यादवले बताउनु भयो । जन सामुदायिक माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ५३ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

स्थानीय स्तरमा बालिकाहरुलाई विद्यालयका सट्टा काम गर्न पठाउने गरेको परिपाटीलाई अन्त्य गर्न तथा छात्राहरुलाई शिक्षाप्रति प्रोत्साहित गर्नका लागि साइकल वितरणले मुख्य भूमिका खेल्ने विद्यालयको विश्वास रहेको छ ।

विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुले साइकल पाएपछि खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *