भाइरल ‘अघोरी बाबा’ प्रहरी नियन्त्रणमा

काठमाडौँ । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो ।

बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

र याे पनि हेर्नुस – सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *