साग पुरुष भलिबल : बंगलादेश माथि भारतकाे सहज जित

तैह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा उपाधिकाे दावेदार भारतले विजयी शुरुवात गरेकाे छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) काे कभर्डहलमा बिहीबार भएकाे खेलमा भारतले बंगलादेशमाथि ३-० काे एकपक्षीय जित हात पारेकाे हाे ।

एकपक्षीय खेलमा भारतले पहिलाे सेटमा २५-१८ काे सहज जित निकालेकाे थियाे । दाेस्राे सेटमा पनि भारत २४-१४ ले विजयी हुँदै जिततर्फ अग्रसर बन्याे । तेस्राे सेटमा २५ -१५ काे जित निकाल्याे । जितसँगै भारतकाे एक खेलबाट ३ अंक पुगेकाे छ । बंगलादेशकाे दुई खेलबाट २ अंक छ ।

नेपालकाे एक खेलबाट १ अंक छ । अब शुक्रबार नेपाल र भारतबीच खेल हुनेछ । याे खेलमा जित हात पारे भारत समूह बिजेता तथा बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाललाई प्रतियाेगितामा रहिरहन निश्चित जित अावश्यक छ । पराजित भए नेपाल समूह चरणबाटै बाहिरिने छ ।

र याे हेर्नुस – पुरुष भलिबल : पहिलाे खेलमै नेपाल पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *