साग महिला भलिबल : भारतसँग नेपालको हार

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत दोस्रो खेलमा भारतसँग हार बेहोरेको छ । समूहको दोस्रो खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले २ ओटा सेट पोइन्ट बचाउन नसक्दा २६-२४ क हार बेहोर्न बाध्य भयो । सुरुवाती समयदेखि नै कडा टक्कर चलेको खेलमा नेपाल जितनजिक पुगेर पनि सम्हालिन सकेन । दोस्रो सेटमा नेपालले दवावमा रहंदा अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो सेटमा भारतले एकपक्षीय प्रदर्शन गर्दै २५-१२ को सहज जित दर्ता गर्यो ।

तेस्रो सेटमा भारतले सुरुवाती समयमा फराकिलो अग्रता लिएपनि नेपालले पुनरागमन गर्ने छनक देखायो । तर अनुभवी भारतको टोलीले स्तरीय प्रदर्शनलाई निरन्तरता दिंदै २५-१६ को जित पक्का गर्यो । यस जितसँगै नेपाल र भारत दुवैको ३-३ अंक भएको छ । अब समूहको अन्तिम खेलमा बंगलादेश र भारत भिड्नेछन् । उक्त खेलको विजेताले समूह विजेता र उपविजेताको छिनोफानो लगाउनेछ ।

र याे हेर्नुस – पुरुष भलिबल : पहिलाे खेलमै नेपाल पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *