हिमाली दर्शन’ पठनीय कृति हो : मनोज बिश्वकर्मा

नेपाली साहित्यका विभिन्न हस्तिहरु तथा नेपाली साहित्यप्रेमिहरु अरु लेखकका पुस्तक कतिको पढ्छन कस्ता पुस्तक राजाइमा पर्छन भन्ने जान्नको लागी संगै पठनिय शैलीमा सुधार होस भन्ने उद्देश्यले हामीले यस सम्बन्धी लेखक तथा साहित्यप्रेमीहरु संग गरिएको छोटो कुराकानी हामी एक्सप्रेस समाचार प्रकाशन गर्दैछौ । यसैको शिलशिलामा आजको अंकमा हुनुहुन्छ रौतहट बस्दै आउनुभएका साहित्यकार मनोज बिश्वकर्मा । उहाँसंग हाम्रा सहकर्मी अबिनास थापाले कुराकानी गर्नुभएको छ ।

प्रश्न – तपाई आफ्नो परिचय कसरी दिनुहुन्छ ? – मनोज बिश्वकर्मा ।

प्रश्न – तपाई किताव पढ्नमा कतिको रुची राख्नुहुन्छ ?
– एकदम रुचि छ पठनमा । तर पढ्न चाहेका धेरै पुस्तक अझै पढिभ्याउन सकेको छैन ।

प्रश्न – तपाई पढ्नुभएको पछिल्लो पुस्तक कुन हो ?
-युवल नोहा हरारीको A brief history of humankind र A brief history of tomorrow प्लस मोहन वैद्य किरणको हिमाली दर्शन पढ्दै छु ।

प्रश्न – यो पुस्तक कुन आधारमा छान्नुभयो ?
-पत्रपत्रिका साथीभाईको माध्यमबाट नै हो पुस्तकको छनोट गर्ने मैले चै ।

प्रश्न – पुस्तकका कस्ता बिषयले छुन्छन तपाईलाई ?
-मानव समुदायको आर्थिक , सामाजिक , राजनैतिक विभिन्न आयाममाथीको चिन्तन र उत्खननका बिषयले ।

प्रश्न – पछिल्लो पुस्तकलाई तपाईले १० पुर्णाकंमा कति दिनुहुन्छ?
-युवल नोहा हरारीको A brief history of humankind लाई ८ दिन्छु । यो गैरआख्यान सरल र सरस दुबै छ । सोचको दायरालाई बिस्तार गर्न यसले सघाउछ ।

प्रश्न – पुस्तकको कमजोर पक्ष के लाग्यो के सुधार्नु पर्ला ?
-सुधार्नु पर्ने पाटो चै भन्न सक्ने स्थितीमा म छैन । हरेक पुस्तकका आफ्नै खाले सिमा हुन्छन् । त्यो यो पुस्तकमा पनि छ ।

प्रश्न-तपाईसंगको कुराकानी पढ्दै गरेका पाठकलाई कस्ता पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
-पाठकका आफ्नै रुचि हुन्छन् । आफ्नो रुचिको आधारमा नै हो छनोट गर्ने पनि । दर्शनशास्त्रमा रुचि छ भने मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ पठनीय कृति छ । यो पढ्न सक्नु हुन्छ । दर्शनका सामान्य , बिशिष्ट र गहन अध्ययन गर्न चाहनेलाई यो पुस्तक काईदाको छ । दक्षिण एशियाली क्षेत्रमा बिद्यमान दर्शनलाई भारतीय दर्शन , पूर्वीय दर्शन लेखिदै आएको छ । उनले चै त्यस दर्शनलाई हिमाली दर्शन भन्नू पर्ने तर्क गरेका छन् । पुस्तकमा हिमवत् खण्डमा बिद्यमान दर्शन र मानव जातिका विभिन्न ऐतिहासिक आयाममाथी गहिरो अध्ययन भेट्न सकिन्छ ।

र यो पनि हेर्नुस – कसले के पढे(पाठक समिक्षा)- निर्वेद केलाउँदै नारायण काँईलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *