निजगढका कृषक हिरा थापा मगर प्रदेश २ कृषि मन्त्रालयबाट सम्मानित हुने

नवराज चौलागाईं, निजगढ,३० आश्विन । निजगढका केरा कृषक हिरा थापा मगर प्रदेश २ सरकारको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट सम्मानित हुनुहुने भएकोछ।

४० औ विश्व खाध्य दिवसको अवसरमा प्रदेशको कृषि मन्त्रालयले निजगढका थापा लगायत प्रदेशका ८ वटा जिल्लाका १६ जना कृषक र कृषि फर्महरुलाई सम्मान गर्ने जनाएकोछ । मन्त्रालयकि सचिव डा सम्झना कुमारी काफ्ले पाण्डेद्वारा हस्ताक्षरित संदेश मार्फत कृषक र कृषि फर्महरुलाई सम्मान गर्ने जनाईएकोछ । मन्त्रालयले प्रदेशका ८ वटै जिल्लाका कृषि तथा पशुपालन क्षेत्रमा संलग्न एक,एक जना गरि १६ जना कृषक,कृषि उध्यमी,समुह,सहकारी,फर्मलाई प्रोत्साहन सहित सम्मान गर्ने जनाएकोछ । मन्त्रालयले नगद २५ हजार र सम्मान पत्रले सम्मान गर्नेछ । कृषक थापाले अहिले निजगढमा १२ बिगाह भन्दा बढीमा व्यवसायिक केरा खेति गर्दै आईरहनुभएकोछ ।

थापाले अहीले आफ्नो खेतमा माल्भोग र जी नाईन जातको केरा लगाउनुभएकोछ । केरा ब्लकको रुपमा रहेको निजगढमा थापाले केरा खेति विस्तार गर्न र व्यवसायिक रुपमा केरा खेतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै अईरहनुभएकोछ । कृषक थापा करिब एक दशक सम्म बैदेशिक रोजगारी बाट फर्किएर निजगढका कृषि कार्यमा संलग्न हुनुभएकोहो ।

एक सय बिगाहमा केरा खेति विस्तार गर्ने थापाको लक्ष्य रहेकोछ । बारामा केरा खेति विस्तार गर्न निजगढका मेयर सुरेश कुमार खनाल र कृषि ज्ञान केन्द्र बाराको महत्वपूर्ण भूमिका रहेको कृषक थापाले बताउनुभयो । मन्त्रालयले गर्ने सम्मानमा बाराकै कोल्हवी नगरपालिका वडा नम्बर ७ मा रहेको चौधरी मत्स्य पालन फर्म पनि समावेश रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *