मिक्स्चरले च्यापिएर ज्यान गयो

सोलुखुम्बु – साेलु दूधकुण्ड नगरपालिका–७, मा मिक्स्चरले च्यापिएर ज्यान गयो । साेलु दूधकुण्ड नगरपालिका–७, मा रहेको गार्मा माविको निर्माणाधीन भवनमा काम गर्ने क्रममा मिक्स्चरले च्यापिएर सोलु दूधकुण्ड नगरपालिका–४, का धनकुमार श्रेष्ठको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार भवनको ठेकेदारसमेत रहेको श्रेष्ठलाई सोमबार साँझ गाडीमा मिक्स्चर लोड गर्दै गर्दा त्यही लडेर त्यही मिक्स्चरले च्यापेको हो । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको छातीमा चोट लागेको बताइएको थियो । मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *