यसरी महिलाहरु पछि परेकाे हुन् – मुक्तककार अन्जु सापकोटा “अनु”

मुक्तककार अन्जु सापकोटा “अनु” सत्र वर्ष देखि साहित्यमा निरन्तर कलम चलाईरहनु भएको छ । स्कुल लेभल देखि कविता विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो कक्षा आठमा पढ्दा एउटा कविता बर्दिया टाइम्समा छापिएको थियो।उहाँले मुक्तक , गजल ,कविता र हाइकु लेख्नुहुन्छ।स्कुलमा हुने अतिरिक्त क्रियाकलाप र रेडियोको बाल कार्यक्रम प्रेरणाको स्रोत हो।मुक्तक सङ्ग्रहअधुरो सपना (२०७५) नुवाकोट साहित्य प्रतिस्ठान बाट प्रकाशित भैसकेको छ ।कविता सङ्ग्रह र संयुक्त मुक्तक सङ्ग्रह फिजराल्डको रुवाइ शैली मा मुक्तक संग्रह निकाल्ने तयारीमा हुनुहुन्छ ।पुष्कर लोहनी ,श्राराम श्रेष्ठ ,राम कृष्ण अमर र म गरि चार जना को संग्रह इङ्लिस मा ट्रान्स्लेट गरि विश्व भर फैलाउने जमर्को गर्दै हुनुहुन्छ । नुवाकोट साहित्य प्रतिष्ठान आजिवन सदस्य ,विशिष्ट आजिवन सदस्य मझेरी साहित्य प्रतिष्ठान चितवन, आजिवन सदस्य पल्लब साहित्य प्रतिष्ठान , आजिवन सदस्य जनमत पत्रीका बनेपा , आजिवन सदस्य अक्षरमार्ग पत्रीका पनौती (महामण्डल त्रैमासिक पत्रीका )मा आवद्ध हुनुहुन्छ । नुवाकोट साहित्य सम्मान २०७४, मानार्थ सम्मान २०७५ नागरिक विकाश , हाम्रो मझेरी साहित्य प्रतिष्ठान नारि दिवस को अबसरमा सम्मान २०७५ प्राप्त गरिसक्नु भएको छ।  उनै मुक्तककार अन्जु सापकोटा “अनु” हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

म पेसाले स्वास्थ्य कर्मी हुँ । धेरै जसो आफ्नै काम मा व्यस्त हुन्छु व्यस्तता को वाबजुत पनि मैले आफ्नो एउटा मुक्तक र कविता सङ्ग्रह निकाल्ने सोच बनाएको हुनाले म त्यस मै लागि परेको छु।

तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

साहित्य समाज को दर्पण हो । समाज मा घटेका,घटी रहेका, दिन प्रतिदिनका क्रियाकलाप ,राम्रा नराम्रा घटनालाई नियालेर आफ्नो कलम मार्फत समाजको चित्रण होस् भनेर मैले लेख्ने गर्छु। मेरो आत्मसन्तुष्टिको लागि लेख्छु।

झन्डै एकदशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएछ ? अहिलेको नेपाली साहित्यको स्थितिको बारेमा कत्तिको सकारात्मक हुनुहुन्छ ?

एक दशक अगाडि को भन्दा अहिले परिणात्मक रुपमा साहित्यले फड्को मारे पनि गुणात्मक रुपमा अघि छैन के गलत के सहि भनेर औल्याउनु सट्टा वाह को पछि अहिले को साहित्य लागेको छ।राम्रो लेख्ने लेखक सिर्जना वाह ले गर्दा ओझेल मा परेको हो कि जस्तो लाग्छ।त्यसले गर्दा कता कता दु:ख पनि लाग्छ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

पुरुष भन्दा महिला को संख्या कमि देखिनु स्वभाविक नै हो महिला हरु एउटा जन्जिर मा बाधिएका हुन्छन् चाहेर पनि आफ्नो कला लाई प्रस्फुटन गर्न सक्दैनन् घर देखि लिएर हरेक कुरा को जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ।त्यस ले गर्दा पनि कमि भएको हो र अर्को कुरा जति पनि महिला लेखक ले लेख्नु भएको छ त्यो रचना पुरुष लेखक को भन्दा कमि छ जस्तो मलाई लाग्दैन।महिलाहरु पछि पर्नु को कारण नै समय नपाएर,नमिलेर हो।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

एक दम सहि हो राम्रो साहित्य लाई ओझेलमा पारेर मिडियाले नि गुणस्तरहिन सिर्जना हरु लाई स्थान दिएर गुणस्तर सिर्जना हरु ओझेल मा परेका छन् यहि भेद भाब को कारण ले नै साहित्यलाई असर परेको छ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

साहित्यले समाजको हर कुराहरुको चित्रण गरेको हुन्छ ल।त्यसैले साहित्यलाई समाज को ऐना मानिन्छ।जसरी लेखकले लेखेका हुन्छन् त्यसरी नै व्यबहार मा उतार्न सक्यो भने समाज परिवर्तनमा सहयोग पुग्न सक्छ।

साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

सर्वप्रथम त राज्यले साहित्यलाई सम्मान पुर्वक हेर्नू पर्दछ। म साहित्यकार हुँ। भनेर चिनाउने एउटा चिनारी को व्यवस्था गरि दिनु पर्छ। जति पनि सर्जकहरुले आफ्नो कृति निकाल्नु भएको छ त्यस्को लागि ब्यब्स्थापन गरि दिए अलि सजिलो हुन्थ्यो।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ ?

आफ्नो मौलिकपन नै बिर्सने हिसाबले आगुन्तुक शब्दको प्रयोग गर्नु हुँदैन।आगन्तुक शब्द नै साहित्यलाई साँघुरो धरातलमा राखेर प्रयोग नै गर्नु हुँदैन भन्ने मान्यता चै म राख्दिँन।

मुक्तक सङ्ग्रह “अधुरो सपना “भित्र केके भेटिन्छ ? केका लागि पाठकहरुले पढ्नु पर्छ ?

अधुरो सपनाभित्र समाजमा घटेका घटना, राजनिति,देश प्रेम, माया प्रेम,झल्काउने खालका रचना पाइन्छ वास्तविक यथार्थ कुरालाई अधुरो सपनाले समेटेको हुनाले बौद्धिकता को लागि पनि पढ्नु पर्छ जस्तो लाग्छ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाँकी छ कि ?

यसरी आफ्ना मन मा लागेका कुराहरु पस्कने अवसर दिनु भो यस्को लागि हार्दिक आभारी छु ।हजुरहरु को उन्नती प्रगती को सुभ कामना व्यक्त गर्दछु ।

र यो पनि हेर्नुस – साहित्यले महिला पुरुष भन्दैन – लेखक रामलाल जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *