गजल- यस्तै छ यार- सुनिल जलन

उधारो चामल, उधारो दाल, यस्तै छ यार
के नै छ र! सुनाउँ हालचाल, यस्तै छ यार

यो शहरमा सडक नाप्दै वर्षौं बिताइएछ
दाह्री फुले, फुले कपाल, यस्तै छ यार

घरबेटीको कचकच सधैं महिना नपुग्दै
जिन्दगी भयो डेराबाल, यस्तै छ यार

जागिर कि व्यवसाय सोध्छन् साथीहरू
रिसै उठ्दो गर्छन् सवाल, यस्तै छ यार

सुनिल जलन – सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *