धौलागीरी क्षेत्रको यानिमायाले रामकुमारलाई पुर्यायो टप ८ मा

रमिला खड्का / सिन्धुली /यानिमायाले रामकुमारलाई पुर्यायो – रामेछाप जिल्ला सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो । रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ । रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ ।

रामेछाप जिल्लाले जन्माएको एक युवा अहिले नेपाल लोक स्टारको यात्रामा छन् । लोक गायन प्रतियोगिता अन्तर्गत जारी ‘‘नेपाल लोक स्टार’को प्रतियोगीतमा रामेछापमा जन्मिएका रामकुमार नेपालीले उत्कृष्ट प्रस्तुती दिदै आएका छन् । बिहिबारको श्रृखंलामा प्रतिस्पर्धी रामकुमार नेपालीले डाँडै चिरि कुलो ल्यायो यानिमाया दसै मुरि खेत बोलको गीत गाएका थिए । पाहुनाको रुपमा आएका लोकगीत संगीतका हस्ती राजु परियालले पनि रामकुमारको खुलेरै प्रशंसा गरेका थिए । धौलागिरी क्षेत्रमा गाइने यानिमाया गीत पुर्व रामेछापका रामकुमारले राम्रोसंग न्याय गरेर गाएको भन्दै राजु परियालले अब यानिमाया गीतको संरक्षण र जगेर्ना गर्ने जिम्मा रामकुमारको काँधमा आएको बताएका छन् ।

उनको गीत सुनेपछि अन्य जर्ज पनि त चुप बस्न सक्दैनन् । त्यसो त अन्य जर्जले पनि रामकुमारको खुवै प्रशंसा गरका थिए । हरेक एपिसोडमा आफ्नो छाप छाड्ने रामकुमारको नियत छ । लोकगीत संगीत चिन्नेहरुका लागि उनकोे प्रस्तुतिले मोहित बनाउँछ । पुर्वमा त यानिमाया के हो ? भन्ने नयाँ पुस्तालाई थाहा नहोला । तर रामकुमारले गायक के हो ? र कस्तो हुनुपर्छ ? भनेर प्रमाणित गरेका छन् । यो गीत गाएसंगै रामकुमार टप–८ मा सुरक्षित रहेकाछन् ।

चितवनकी मुना अर्यालको भने लोक स्टारको यात्रामा पूर्णविराम लागेको छ । अझै धेरै भोट गरेर रामकुमारलाई टप ७ मा ल्याउनको लागी सबै दर्शक स्रोतालाई आउदो सोमबार देखी भोट गर्न उनले आग्रह गरेका छन् । रामेछापका रामकुमार नेपाली नेपाल लोक स्टारमा गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् ।

रामेछाप जिल्लामा जन्मिएका रामकुमार नेपालीलाई भोट गरि जिताउनको लागि आफ्नो मोबाइल को म्यासेज बक्स मा गएर Lटाइप गरि १ स्पेस दिएर भोटिङ कोर्ड २३ लेखी ३७००० मा सेण्ड गरि दिनु होला साथै IME Pay को APP बाट पनि भोट गर्न सकिने छ ।

र याे पनि हेर्नुस – रामकुमार नेपालीले लोकस्टार स्टेजमा हंगामा मच्चाए पछि उठे सबै जर्जहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *