योजना आयोगका कर्मचारी सिंहदरबारमा मृत भेटिए

योजना आयोगका कर्मचारी – राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।

आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थितकार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम (सोको) वि‍‌ज्ञ टोली घटनस्थलमा पुगेको छ । उनले अनलाइनखबरसँग भने ‘प्रारम्भिक चरणमा अपराधस्थलको संरक्षण गरेर सबुत संकलन प्रक्रिया थालिनेछ ।’

मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।

र याे पनि हेर्नुस – प्रभु साहले दिए अध्यक्ष पदबाट राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *