राष्ट्रिय वाणिज्य बैंकद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

नवराज चौलागाईं, निजगढ,२७ जेठ । राष्ट्रिय बाणिज्य बैंक निजगढ शाखाले मंगलबार सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेकोछ ।

बैंकले ईलाका प्रहरी कार्यालय निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बारालाई उक्त स्वास्थ्य सामाग्री वितरण गरेकोहो ।

बैंकका शाखा प्रमुख दिपक पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रहरी निरीक्षक सुरेस थापा र ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलियालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएकोहो । बैंकले एक हजार थान मेडिकल मास्क र १२ लिटर स्यानिटाईजर हस्तान्तरण गरेकोहो । कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले,बैंकका कर्मचारी सुशील घिमेरे लगायतको सहभागिता रहेकोथियो भने कार्यक्रमको सहजीकरण समाजसेवी खड्गप्रसाद उप्रेतीले गर्नुभएकोथियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै बैंकका शाखा प्रमुख पौडेलले बैंकको उद्धेश्य वित्तीय कारोबार भएपनि सामाजिक उत्तरदायीत्व वहन गर्नकालागी यस खाल्का कार्यक्राहरुको आयोजना गर्दै आईरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *