साहित्य भावना अभिव्यक्त गर्ने माध्यम हो – लघुकथाकार राजु क्षत्री ‘अपुरो’

लघुकथाकार राजु क्षत्री- लघुकथाकार राजु क्षत्री ‘अपुरो’ एक दशक देखि साहित्यमा कलम चलाईरहनु भएको छ ।यात्रा जीवन भोगाइ नै उहाको साहित्यमा लाग्नुको प्रेरणाको स्रोत हो ।यात्रा संस्मरणबाट नै साहित्यमा प्रवेश गर्नु भएको थियोे ।यात्रा संस्मरण प्रवासका भोगाइ र अनुभवहरू (मलेसिया सन् २००९ ), लघुकथा सङ्ग्रह मेरा केही लघुकथाहरू(बि स २०६९),भाग्य र कर्म (लघुकथा सङ्ग्रह बि .सं २०७३),आशाका झिल्का (लघुकथा सङ्ग्रह २०७५) र दिमागको बिर्को (लघुकथा सङ्ग्रह २०७६) प्रकाशित भैसकेको छ।कास्की डायरी मलेसिया ( सन२००७) ,सिर्जनसिल कथाहरू सन् २००८ ( मलेसिया ) र स्मारिका – क्षत्री समाज मलेसिया (सन् २०१०)सम्पादन गरिसक्नु भएको छ ।साहित्य ,सञ्चार र खेलकुद गरि झन्डै आधा दर्जन भन्दा बढी संस्थामा आवद्ध हुनुहुन्छ ।तमु समाज पेनाङ मलेसिया (सन् २००८ ), त्रिशक्ती युवा क्लब, लाहाचोक, कास्की ( बि सं २०६८),मन्जरी थिएटर ग्रुप मलेसिया -सन् २०१७ र माछापुच्छ्रे गापा भुपु खेलाडी सम्मान बि सं -२०७५ सम्मान प्राप्त गरिसक्नु भएको छ ।

१. तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

वैदेशिक रोजगारमा छु। दैनिकी सँगै साहित्य , समाजसेवाका साथै आफ्नै पुस्तक दिमागको बिक्रि गर्न तीर लागेको छु। साहित्यमा मेरो रुचि विशेष आख्यानमा छ।

२. नेपालमा साहित्यिक क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ र तपाईँ को विचारमा साहित्य के हो ?

साहित्य लेखनले नेपाली भाषाको विकास बिस्तार हुनुको साथै समाज परिवर्तन गर्ने , समाजलाई केही नयाँपन दिन सक्ने उद्देश्यले लेखिन्छ । विधा मार्फत आ -आफ्ना भावना पोखिने गरिन्छ। अहिले सामाजिक सञ्जालले गर्दा नेपाली साहित्य निकै फराकिलो भएको छ। एकले अर्कालाई नजिकबाट चिन्ने र जान्ने मौका मिलेको छ। तैपनि शहरिया र गाउँले , देश र विदेश भनेर अझै भेदभाव भएको पाइन्छ।

एउटा साहित्यकारले किन लेख्ने गर्छन ?के साहित्य सिर्जनाले देश स्थिति परिवर्तनमा सहयोग गर्छ ?

साहित्य आफ्नो भावना अभिव्यक्त गर्ने माध्यम हो। साहित्य आत्मसन्तुष्टिको लागि कोरिन्छ अनि त्यो बाहिर आएपछि पब्लिक प्रोपर्टी भैदिन्छ। राम्रो नराम्रो छुट्याउने काम चाहिँ पाठकले गर्दछन् ।

साहित्य एउटा विशाल सागर हो,यस सागरमा कहाँनिर पाउनुहुन्छ ?

म त भर्खरै बामे सर्दै गरेको लघुकथाको लेखक हुँ । यो क्षेत्रमा रहेर धेरै काम गर्नु छ। लेख्नु छ। लघुकथालाई जनमानस बिच पुर्याउनु छ।

साहित्यलाई नै अंगालेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ?

अब त्यो समय रहेन। बैकल्पिक पेशा नभै लेखेर मात्र जिविकोपार्जन गर्ने भन्ने कुरा अब एकादेशको कथा जस्तै हुन लाग्यो। शहरमा बस्ने केही अपवाद भने हुन सक्छन् ।

कतिपयलाई मिडियाले साहित्यकार बनाईदिएको छ भन्छन्, साहित्यमा नातावाद र कृपावादको प्रभावले नेपाली साहित्यलाई कस्तो असर पर्ला ?

राम्रो नराम्रो छुट्याउने जिम्मा त पाठक को हो नि! बिना साधनाको मिडियाले मात्र बनाएको साहित्यकार टिकाउ हुदैन। बर्खामासको सलह झार जस्तै हो।

अहिले विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

सुचना प्रविधीले मानिसलाई पुरानो युगलाई पछाडि पार्दै निकै माथी उठाएको छ। चेतनाको स्तर पनि बढाएको छ तर यो सगै विकृतीहरू पनि निकै मौलाएको देखिन्छ।

अहिलेसम्म साहित्यिक क्षेत्रमा लागिरहदा कतिको सन्तुष्टि प्राप्त गर्नुभएको छ ?

मेरो युवाकाल खेल क्षेत्रमा नै बित्यो। पछि पत्रकारीतामा गहिरो रुचि बस्यो। यो क्षेत्रमा केही सिक्ने अवसर पनि पाएँ । पत्रकारीता सिक्दै गर्दा लघुकथा तिर आकर्षित भएँ । हाल सम्म चार वटा सङ्ग्रह प्रकाशन गर्न सफल भएको छु । अहिले मेरो सानो परिचय लघुकथाकार कै रुपमा भएको पाएको छु। म यसैमा खुशी छु ।

तपाईको भावी साहित्यिक योजनाको बारेमा बताई दिनुहोस् न ?

मेरो मलेसियाको बसाईमा एउटा कथा सङ्ग्रह निकाल्ने धोको छ।हेरौँ , त्यो समयले निर्धारण गर्नेछ।

लघुकथा सङ्ग्रह दिमागको बिर्को भित्र के के भेटिन्छ ? पाठकहरुले के का लागि पढ्नु पर्छ ?

मैले यो सङ्ग्रहमा सबै पक्ष समेट्ने जमर्को गरेको छु। गाउँघरका कथा देखि देशका कथा सम्म उन्न भ्याएको छु। प्राय सबै कथा चोटिलो बनाउने प्रयास गरेको छु। धेरै पाठकहरूले राम्रै रुचाएको पाएको छु। लघुकथा पढेपछि पाठकको मन र मस्तिष्कमा तरङ्ग पैदा गर्ने, मन्द मुस्कुराउन बाध्य हुने , सन्देश, र्चेतनामुलक हुने हुँदा दिमागको बिर्कोमा पनि यी सबैखाले विषयवस्तु प्रयोग भएको छ खोजी खोजी पढिदिन आग्रह गर्दछु ।

अन्त्यमा, एक्सप्रेस समाचारवाट के भन्न चाहानुहुन्छ ?

हामी विदेशमा काम गर्ने सर्जकहरूलाई नेपाली मिडियाले कमै महत्त्व दिने गर्दछ। हामी पाठक माझ पुग्न यस्तै अन्लाईन पत्रीकाले महत्वपुर्ण भुमिका खेलेका छन् । यहाँले मलाई पनि स्थान दिई पब्लिक माझ पुर्याउन सहयोग गरिदिनु भएकोमा आभार व्यक्त गर्दछु ।

र यो पनि पढ्नुस – सिड्नीमा गजल मुशायरा २०१९ ‘विशेष’ हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *