लायन्स क्लव अफ निजगढ सिटीद्वारा रक्तदान कार्यक्रम आयोजना

निजगढ,२६ कार्तिक – लायन्स क्लव अफ निजगढ सिटीले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेकोछ ।

कोरोना भाईरस संक्रमणका कारण रक्तदान कार्यक्रमहरुमा कमि आएकाले रक्तसंचार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक खड्गराज मैनालीले बताउनुभयो ।

कार्यक्रममा ११ जना महिला सहित ७१ जनाले रक्तदान गरेको संयोजक मैनालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *