साहित्यले महिला पुरुष भन्दैन – लेखक रामलाल जोशी

लेखक रामलाल जोशी – मदन पुरस्कार विजेता रामलाल जोशी साहित्यमा सक्रिय रूपमा कलम चलाइरहनु भएको छ ।उहाँको साहित्यमा लाग्नुको प्रेरणाका स्रोत आफ्नो पिताको कविताको प्रभावलाई मान्नुहुन्छ। छ वर्ष हुँदा उहाँको बुवा बित्नु भो। तर पछि चार कक्षामा पढ्दा बुवाको बाकस खोलेर हेर्दा उहाँको डायरीमा विद्याकी खानी भन्ने शीर्षकको कविता थियो त्यै पढेर त्यसैको प्रभावले कविता लेख्न थालेको र यसरी साहित्यमा कविता विधाबाटै प्रवेश गर्नु भएको हो। उहाँले आख्यान ,गजल र कविता लेख्नुहुन्छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजको अध्यक्ष र नेपाली लेखक संघको केन्द्रीय उपाध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ । अध्यक्ष हुदा उहाँले देशभरी मोफसलमा कही नभएको बेला साहित्य समाजको तीन तलाको भवन चन्दा उठाएर बनाउनुभयो।

हरेक वर्ष श्रष्टालाई पुरस्कार प्रदान गर्न रु एघार हजार देखी एक लाख राशीका करिब एघार ओटा पुरस्कारहरु स्थापना गर्नुभयो । ती पुरस्कारहरुको करिब तीस लाख जति अक्षयकोष छ। देश दर्शन अभियान गरेर सुपको संस्कृती देश बाहिर सम्म शत्र दिन प्रदशन गराउनुभयो। अब विश्व साहित्य महोत्सव गर्ने तयारी गर्दै हुनुहुन्छ ।सुदूर पश्चिममा नीजी स्तरमै एउटा एकेडेमी जस्तो सस्था निर्माण गर्नुभएको छ । जसले हरेक महिना नयाँ साहित्य गतिविधि गरिराको हुन्छ ।विध्यार्थी साहित्यपुरस्कार (२०६३), पहलमानसिङ स्वार प्रतिभा पुरस्कार (२०६७) ,पहलमान सिङ स्वार स्रष्टा सम्मान (२०७६) ,राष्ट्रिय प्रतिभा पुरस्कार (२०७३) र मदन पुरस्कार(२०७२)गरि दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ। हत्केलामा आकाश २०५७ ( गजल सङ्ग्रह ) , ऐना २०७२ ( कथा सङ्ग्रह ) र सखी २०७५( उपन्यास) प्रकाशित भैसकेको छ भने उपन्यास प्रकाशनको तयारीमा रहेको छ । उनै लेखक रामलाल जोशीसंग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ ।

लेखक रामलाल जोशी/ र उहाको कृति

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ?

समान्यतया लेखपढ र केही फुटकर सिर्जना गर्छु कैलेकाही , बस त्यै हो ।

तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ? –

साहित्य समाजको दर्पण हो । मानव सुख र आनन्दको मुख्य साधन हो।म आत्म सन्टुष्टी र सुखकै लागी साहित्य सिर्जना गर्छु ।

झन्डै एकदशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएछ ? अहिलेको नेपाली साहित्यको स्थितिको बारेमा कत्तिको सकारात्मक हुनुहुन्छ ?

साहित्य त मोटामोटी उही र उस्तै हो तर एक दशक अगाडि साहित्यको घेरा साघुरो थियो ऐले त्यो फराकिलो भएको छ। पैले लेख्न र प्रकाशन गर्न अलि असहज थियो ऐले धेरै सहज भएको छ। त्यसबेला केही लेखक र साहित्य श्रष्टाहरुको विचमा मात्रै साहित्य पठन, लेखन र बहसको विषय हुन्थ्यो भने अहिले साहित्य आम जनताको चासो र सरोकारको विषय भएको छ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

सबैभन्दा ठूलो सिर्जनाको शक्ती हो । सिर्जनाले महिला पुरुष भन्दैन ।सिर्जनामा जातिलिङ्गका आधारमा सहानुभूती हुँदैन । दमदार सिर्जना नै व्यक्तिको प्रतिभालाई चिनाउने माध्यम हो। महिला भएकै कारण सिर्जनामा पछाडि परेको हुँदैन प्रतिभा नभएका मान्छे पछाडि पर्छन् ।तरपनी महिलालाई पुरुष जत्तिकै लेख्ने पढ्ने र साहित्य सिर्जना र सतसङ्ग गर्ने अवसर कम मिल्छ । त्यसकारण महिलालाई अलि गाह्रो र चुनौती भने अवश्य छ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

त्यो क्षणिक कुरा हो । असली सिर्जना नभइकन कसैले प्रचार गरिदिएकै भरमा कोहि साहित्यकार बन्न सक्दैन।

यो पनि हेर्नुस – धेरै थोक हो साहित्य मेरा लागि- कवि जीवन खत्री

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

हो साहित्य समाजको दर्पण हो । चेतना, ज्ञान र नयाँ वर्षको जानकारी दिने खालको लेखनले समाज परिवर्तन गर्न सक्छ तर पनि साहित्यको मूल केन्द्र मानव हृदय नै हो । यसको मूल मर्म आनन्द दिनु नै हो ।

साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

साहित्यको विकास लेखक , कवि र साहित्यकारहरुले लेखेरै हुने कुरा हो। राज्यले त्यस्तो वातावरण बनाइदिनुपर्छ।लेखक कविहरुको सुखदुखमा साथ दिनुपर्छ ।प्रकाशनको वातावरण सहज बनाइ दिनुपर्छ।र नेपालीमा लेखिएका कृतिलाई विश्वबजारमा पुर्याउन अनुवादको व्यवस्था राज्यले गरिदिनुपर्छ ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ?

आगन्तुक शब्दको उचित र आवश्यक प्रयोगले भाषा धनी नै हुन्छ तर आफ्ना शब्द छोडेर आगन्तुक मात्रै प्रयोग गर्दा भाषिक सौन्दर्य र आफ्नो पहिचान हराउँछ ।

उपन्यास “सखी”भित्र केके भेटिन्छ ? पाठकहरुले केका लागि पढ्नुपर्छ ?

सखी थारु जनजीवनमा लेखिएको उपन्यास हो । एउटा कमलरी केटीको दुख ,संघर्ष ,प्रेम,समर्पण र सफलताको कथा हो सखी ।बाँकी कुरा उपन्यास पढेपछि पाठकहरुले नै भन्न सक्छन् ।

११. अन्त्यमा, एक्सप्रेस समाचारवाट के भन्न चाहानुहुन्छ ?

धेरै कुरा भन्न पाइयो , धन्यवाद दिन चाहान्छु ॥

र यो पनि हेर्नुस – साहित्य समाजको मुहार देखाउन लेख्ने हो – साहित्यकार पबिन दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *