विदेशको अपरिचित नम्बरबाट आएको कल नउठाउनुहोस्

विदेशको अपरिचित नम्बरबाट आएको कल नउठाउनुहोस् – मोवाइल तथा टेलिफोन नम्बरहरुमा विदेशका अपरिचित नम्बरहरुबाट पटक पटक मिस्डकल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सचेत हुन आग्रह गरेको छ ।

प्राधिकरणले मोवाइल तथा टेलिफोन प्रयोगकर्ताहरुलाई विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन सचेत गराएको छ ।

साथै त्यस्ता नम्बरबाट आएको मिस्डकलमा कलब्याक नगर्न पनि प्राधिकरणले सचेत गराएको छ । विदेशबाट आएका अपरिचित नम्बरमा कलब्याक गर्दा ठगिने सम्भावना हुने प्राधिकरणले जनाएको छ । 

Wangiri Scam (One Ring Scam) भनिने यस्तो मिस्डकल विगतमा पनि देखिने गरेको र अहिले पनि देखिन थालेपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई रोकथामको लागि पनि निर्देशन दिएको छ । 

प्राधिकरणले त्यस्ता अपरिचित नम्बरबाट फोन र मिस्डकल आएको खण्डमा प्राधिकरणको ईमेल ठेगाना ntra@nta.gov.np वा info@nta.gov.np मा जानकारी गराउन अनुरोध गरेको छ ।  

र यो पनि हेर्नुस – बाढी–पहिरोले लियो १११ को ज्यान, ४० बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *