निजगढ नगरपालिका द्वारा विध्यार्थीहरुको लागी मास्क वितरण

नवराज चौलागाईं, निजगढ,१८ आश्विन । निजगढ नगरपालिकाले नगर भित्र संचालित विध्यालयहरुलाई मास्क वितरण गरेकोछ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै विध्यालय संचालन गर्न लागिरहेको निजगढ नगरपालिकाले आईतबार विध्यालयका प्रधानाध्यापकहरुलाई मास्क वितरण गरेकोहो।

निजगढका मेयर सुरेश कुमार खनाल,उपमेयर लिलादेवी लामिछाने खनाल र प्रमुख प्रशाशकिय अधिकृत सुमन कार्किले प्रधानाध्यापकहरुलाई संयुक्त रुपमा मास्क वितरण गर्नुभएकोथियो । नगरपालिकाले नगर भित्रका २७ वटा सामुदायिक विध्यालय,८ वटा संस्थापक विध्यालय र १ वटा क्याम्पसलाई मास्क वितरण गरेको निजगढ नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले बताउनुभयो । निजगढ नगरपालिकाले कोरोना भाईरस संक्रमणका कारण बन्द भएको विध्यालय संचालन गर्न निर्माण गरेको कार्यविधि अनुरुप विध्यालय संचालन गर्ने तयारि गरिरहेकोले विध्यार्थीहरुको सुरक्षाकोलागी अहिले प्रति विध्यार्थी दुईवटाको दरले मास्क वितरण गरिएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

नगरपालिकाले विध्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको सल्लाह र माग अनुसार विध्यालय संचालनकोलागि आवश्यक प्रक्रियाहरु पुरा गरिरहेकोले नगरपालिकाले निर्माण गरेको कार्यविधिको विध्यालयहरुले पूर्ण रुपमा पालना गर्नुपर्ने जोड दिनुभयो । जथाभावी रुपमा विध्यालय संचालन गरे आगामी दिनमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै जिम्मेवार ढंगले पठनपाठन गर्नकालागी तयारि गर्न प्रधानाध्यापकहरुलाई मेयर खनालले आग्रह गर्नुभयो ।

विध्यार्थीहरु संवेदनशील हुने भएकाले उनीहरुको स्वास्थ्यप्रति अलिकतिपनि खेलवाड नगर्न खनालले निर्देशन दिनुभयो । नगरपालिकाले विध्यार्थीहरुकोलागी पुनः प्रयोग गर्न मिल्ने खालको मास्क वितरण गरेकोहो ।

र यो पनि हेर्नुस – पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *