कप्तान रुबिना चम्किदा विराटनगर सस्तैमा समेटियो

कप्तान रुविना क्षेत्री वेलबासीले अविश्वसनिय बलिङ गरेपछि वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को क्वालिफायर खेलमा विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरल १७.३ ओभरमा अल आउट हुँदै ६८ रनमा समेटियो । एक सयम ६.५ ओभरमा ४४-० को अवस्थामा रहेको विराटनगर ६८ अल आउट हुन पुगेको थियो । विराटनगरले अन्तिम २४ रन जोड्न १० विकेट गुमायो । विराटनगरकी ओपनर सोनु खड्काले २५ बलमा ६ चौका सहित ३४ रनको योगदान दिदै राम्रो सुरुवात गरेको थियो ।

ओपनर ज्योती पाण्डे र सोनुले ६.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । रुविनाले विकेटकीपर ममता थापाबाट पाण्डेलाई १२ बलमा स्टम्पिङ आउट गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । पाण्डेले २० बलमा २ चौका प्रहार गरिन् । नवौं ओभरको पहिलो बलमा रुविनालेनै सोनुलाई आफैं क्याच गदैं पेभिलिएन फर्काएपछि विराटनगरको विकेट पतन नाटकीय रुपमा गुमेको थियो ।

११ औं ओभरको दोस्रो बलमा लक्ष्मी चौधरी २ रनमा रन आउट भइन् । दुई बल पछि रुविनाले हिटर डोली भट्टलाई शून्यमा बोल्ड आउट गरिन् । डोली आउट भएको दुई बलपछि कप्तान सरिता मगर २ रनमा रन आउट भएपछि विराटनगर संकटमा परेको थियो । ११ औं ओभरमा प्रमुख ३ ब्याट्सम्यान गुमाएपछि राम्रो सुरुवात गरेपनि सस्तैमा समेटिएको हो । विराटनगरको विकेटपतन निरन्तर जारी रह्यो ।

अस्मिना कर्माचार्यलाई १३ ओभरको पाँचौ बलमा इश्वरी विष्टले १ रनमा बोल्ड आउट गरिन् । एसोदा विष्ट डक आउट भइन् । सबनम बिष्ट डक,आरती विडारी ११ रनमा आउट भइन् । कप्तान रुविना क्षेत्री बेलवासीले ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिइन् । इश्वरी विष्ट,लक्ष्मी साउद र संगिता राइको नाममा समान १ विकेट रह्यो ।

One thought on “कप्तान रुबिना चम्किदा विराटनगर सस्तैमा समेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *