विश्वकप क्रिकेट लिग–२: ओमानलाई २५० रनको लक्ष्य

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई जितका लागि २ सय ५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो ।

यस्तै विनोद भण्डारीले ३५ रन जोड्दा पारस खड्काले ३८ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८/२८ रनमा आउट भए । ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए ।

दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए ।

ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए ।

र यो पनि हेर्नुस – विश्वकप क्रिकेट लिग–२: ३५ रनले नेपालको पहिलो जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *