यि हुन १० वटा विश्वका अग्ला भवनहरु (तस्बिरसहित)

विश्वमा मानिसकै कारण ठूला ठूला परिवर्तनहरू भएका छन् । यो अब सामान्य लाग्न थालेको छ । मानव सभ्यताको विकाससँगै नदी किनारा, गुफा र जंगलबाट विकसित मानिसको बसोबास घरमा त भयो तर यतिमा मात्र सिमित रहेन । पछिल्लो समयमा विशेष गरि एक देश र अर्को देशविच गगनचुम्बी भवन बनाउने होडबाजी नै लागेको छ । देख्दा प्रतिश्पर्धात्मक भएपनि यी भवन विलासिता र खर्चालु पनि उस्तै छन् ।

सन् १८०० को अन्त्यमा सुरु भएर २१ औं शताब्दी सम्म आइपुग्दा विश्वमा विश्वास नै नलाग्ने विशाल र भिमकाय भवनहरू बनिसकेका छन् । टाढाबाट हेर्दा पहाड भन्दा विशाल यस्ता भवनहरूको सबैभन्दा माथिल्लो तल्लामा गएर हेर्दा जमिनमा भएका मानिस कमिला जत्रा देखिन्छन् । अझ कतिपय भवनहरूको उचाई यतिसम्म पनि छ कि सबैभन्दा अग्लो भागमा गएर हेर्दा बादल पनि तल देखिन्छ । यसरी अग्ला भवन बनाउने विश्वका देशहरु मध्ये चीन अग्रस्थानमा छ । यस्ता १० सर्वाधिक अग्ला भवन मध्ये पाँचवटा त चीनमै छन् । आजको हाम्रो रिपोर्ट विश्वकै १० सर्वाधिक गगनचुम्बी भवनको बारेमा केन्द्रित छ ।

दशौं अग्लो भवन, ताइपेई १०१

यो भवन ताइवानको ताइपेइमा रहेको छ । यसको उचाई ५०८ मिटर रहेको छ भने भवनमा १०१ तला रहेका छन् । यो भवनको निर्माण सन् २००४ मा सम्पन्न भएको थियो । यो भवन अहिले दशौं अग्लो भएपनि सन् २००४ देखि २०१० सम्म पहिलो स्थानमा रहेको थियो । त्यसपछि अरु ९ वटा भवन थपिएसँगै यसको स्थान दशौं भएको हो । यद्यपि यो निकै आर्कषक र बलियो छ । यसले ठूलो भूकम्पको पनि सामना गर्न सक्ने सामथ्र्य राखेको छ । यो चिनियाँ शैलीको मनमोहक भवन हो ।

नवौं ठूलो भवन, सीआईटीआईसी (सिटिक) टावर


यो टावर चीनको बेइजिङमा अवस्थित छ । यसको उचाई ५२७.७ मिटर छ । यो भवनमा १०९ तला रहेका छन् । यसको निर्माण २०१८ मा सम्पन्न भएको हो । प्राचिन चिनियाँ शैलीको यो भवनलाई चाइना जुन भनेर पनि चिनिन्छ । भवनको तलको भाग र माथिको भाग विचको भन्दा फराकिलो छ । जसले धेरै पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

आठौं अग्लो भवन, तियानजीन सीटीएफ फाइनान्स सेन्टर


चीनमै अवस्थित अर्को गगनचुम्बी भवन हो तियानजीन सीटीएफ फाइनान्स सेन्टर । यो चीनको तियानजीनमा रहेको छ । जसको उचाई ५३० मिटर रहेको छ । यसमा ९६ तला रहेका छन् । यसको निर्माण हालै मात्र २०१९ मा सम्पन्न भएको थियो । यसलाई चीनको अर्को आश्चर्यको रुपमा लिन सकिन्छ ।

सातौं अग्लो भवन, ग्वानझाउ सीटीएफ फाइनान्स सेन्टर


चीनमै रहेको ग्वानझाउ सीटीएफ फाइनान्स सेन्टर अग्ला १० टावर मध्ये सातौं नम्बरमा छ । यो टावर चीनको ठूलो शहर ग्वानझाउमा अवस्थित छ । जसको उचाई ५३० मिटर रहेको छ भने यसमा ११२ तला रहेका छन् । २०१६ मा यसको निर्माण सम्पन्न भएको थियो । यसको माथिल्लो तलाबाट जमिनमा हेर्दा बादल पनि मुनि देखिन्छ अर्थात यो बादल माथिको भवन हो ।

छैठौं अग्लो भवन, वन वल्र्ड ट्रेड सेन्टर


विश्वको छैठौं अग्लो भवन भएको देशको उपनाम भने अमेरिकाले पाएको छ । अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित वन वल्र्ड ट्रेड सेन्टर छैठौं अग्लो भवन हो । जसको उचाई ५४१.३ मिटर रहेको छ । जसमा १०४ तला रहेका छन् । यस भवनको निर्माण २०१४ मा सम्पन्न भएको थियो ।

पाँचौ अग्लो भवन, लोट्टे वल्र्ड टावर


यति भनिसकेपछि यहाँहरुलाई लाग्न सक्छ विश्वको पाँचौं अग्लो भवन चाहिं कहाँ होला ? पाँचौं अग्लो भवन भने दक्षिण कोरियाको राजधानी सोलमा अवस्थित छ । यसको नाम राखिएको छ लोट्टे वल्र्ड टावर । १२३ तलाको यो भवनको उचाई ५५५ मिटर छ । यसको निर्माण सन् २०१७ मा सम्पन्न भएको हो ।

चौथो अग्लो भवन, पिङ एन फाइनान्स सेन्टर


अग्लो भवनको क्रममा चौथो भवन पनि चीनमा छ । चीनको सेन्जेन शहरमा रहेको यो टावर सन् २०१७ मा निर्माण सम्पन्न भएको हो । जसको उचाई ५९९.१ मिटर रहेको छ । पिङ एन फाइनान्स सेन्टर नाम दिइएको यस भवनमा ११५ तला रहेका छन् ।

तेस्रो अग्लो भवन, मक्का रोयल क्लक टावर


साउदी अरेबियाको मक्का शहरमा रहेको मक्का रोयल क्लक टावर विश्वकै तेस्रो अग्लो भवन हो । जसको उचाई ६०१ मिटर रहेको छ । यसमा १२० तला रहेका छन् । यसको निर्माण कार्य २०१२ मा सम्पन्न भएको थियो । साउदी अरेबियाका सयौं आर्कषक वस्तु मध्ये यो पनि एउटा हो ।
दोस्रो अग्लो भवन, सांघाई टावर


चीनको सांघाईमा रहेको सांघाई टावर विश्वकै अग्ला भवन मध्ये दोस्रो स्थानमा आउँछ । यसको निर्माण सन् २०१५ मा भएको हो । यस भवनको उचाई ६३२ मिटर छ । जसमा १२६ तला रहेका छन् ।

पहिलो अग्लो भवन, बुर्ज खालिफा


विश्वका ९ वटा अग्ला भवनको चर्चा सुनिसकेपछि यहाँहरुलाई पक्कै लागिसक्यो कि पहिलो अग्लो भवन कहाँ छ ? कुन हो ? हामी त्यो जिज्ञासा पनि मेटाउने प्रयासमा छौं । हालसम्म विश्वकै अग्लो भवनको रुपमा बुर्ज खालिफा टावर रहेको छ । दुबईमा रहेको यस भवनको उचाई ८२८ मिटर छ । यसमा १६३ तला रहेका छन् । यसको निर्माण सन् २०१० मा सम्पन्न भएको थियो ।
एजेन्सीको सहयोगमा,
संकलन – ज्ञानमणि नेपाल कालोटोपी

र याे पनि हेर्नुस – २६ स्थानिय तहले बुझाएनन् कृषि तर्फको खर्च विवर‌ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *