अचानक पोखरीको माछा मर्दा लाखौंको क्षति,विष हालेको आशंका

सिन्धुलिको कमलामाई नगरपालिका २ स्थित एक किसानको माछा पोखरीको माछा अचानक मर्दा लाखौंको क्षति पुर्याएको छ।

कमलामाई नगरपालिका वडा नं.२ भद्रकालिका काले सिंह स्याग्वाले करिब ५० लाख बराबरको लगानिमा माछा पालन शुरु गर्नु भएको थियो ।अचानक माछा मरेपछि कसैले विष हालेको हुन सक्न्ने पिडितले जानकारी दिनुभयो । अचानक पोखरीका माछा मर्दा १ लाखभन्दा बढि क्षति भएको छ ।

विष हाल्दा लाखौंको क्षति

पीडित किसानको पोखरीको स्थलगत अनुगमन गर्नुभएका कमलामाई नगरपालिकाका कृषि विकास शाखा प्रमुख सरोज फूयालका अनुसार  राति माछा पोखरीमा विष हालेको हुन सक्ने तर अहिले प्रहरीको रिपोर्ट नआएको हुदाँ एकिन यहि हो भन्न नसकिएको जानकारी दिनुभयो । पोखरीमा रहेका करिब १५०० स्थानिय जातका र २२ हजार विकासे जातका माछा रहेकोमा अधिकाशं माछा नष्ट हुँदा १ लाखभन्दा बढी क्षति भएको उहाँ बताउनु भयो ।

स्याग्वाले व्यक्तिगत रिसइबीका कारण पोखरीमा विष हालेको हुनसक्ने बताएका छन् । वर्षभरी कडा मिहिनेत गरेर पालिएको माछा बेच्न योग्य हुने बेलामा नष्ट  भएपछि वर्षभरीको मेहिनेत र लगानी दुबै खेर गएको पीडित काले सिहँ स्याग्वाको गुनासो छ ।

नगरपालिकाका कृषि शाखाका प्रमुख सरोज फूयालका अनुसार किसानले माछाको विमा नगरेको हुदाँ सहयोगको लागी केहि अप्ठ्यारो भएपनि  आफुहरुले नगरपालिकाको मार्फत प्रदेश र संघिय सरकारमा समेत सहयोगको लागी पहल गरिने जानकारी दिनुभयो ।

हाल प्रहरीले पोखरीका माछा कसरी मर्यो भन्ने विषयमा अनुसन्धाको कार्य अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *