करैयामाई चौथो पिपरा गोल्डकप : वीरगञ्ज युनाईटेड वीरगञ्ज फाईनलमा प्रवेश

करैयामाई : बाराको करैयामाई गाउँपालिका ७ को पचगंछीया खेल मैदानमा सञ्चालित चौथो करैयामाई पिपरा गोल्ड कपमा दोस्रो सेमीफाईनल फुटबल खेल प्रतियोगितामा वीरगञ्ज युनाईटेड वीरगञ्ज विजयी भएको छ ।

सिमरा युनाईटेड सिमरालाई ० को बिरूद्ध १ गोलले विजयी भएको हो । खेलको म्यान अफ द म्याच बिरगंज युनाईटेड का जर्सी नं. १४ का कृपा चौधरी घोषित भएको आयोजक क्लबका अध्यक्ष बृजमोहन चौधरीले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत शुक्रबार महिला मैत्री फुटबल खेल बागमती क्लब र वीरगञ्ज बिच हुने र सोल्लो बाईक रेस प्रतियोगिता हुने आयोजक क्लबको सहसचिव जितेन्द्र चौधरी बताए ।

शृजनशिल युवा क्लव, पिपरा बाराको आयोजनामा भईरहेको प्रतियोगिता माघ २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक सृजनशिल युवा क्लव, पिपरा सहित शसस्त्र प्रहरीको एपिएफ क्लव–११, हेटौडा–११ मकवानपुर, वीरगञ्ज युवा क्लव वीरगञ्ज, वागमति–११, हिमकुस्तुरी क्लव लाहान, सर्लाही–११, उदयपुर–११ र एफसी सिमरा युनाईटेड क्लब सिमरा गरी कुल १० टिमको सहभागीता रहनेछ ।

प्रतियोगिताको बिजेताले नगद दुई लाख तथा उपबिजेताले एक लाख रुपैया नगद साथै शिल्ड मेडल र प्रमाणपत्र समेत पाउने क्लबका कोषाध्यक्ष सुनिल चौधरीले जानकारी दिए ।

फाईलनमा दुवै वीरगञ्जको टिम

प्रतियोगिताको वीरगञ्जकै दुई वटा टिम विच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा यस अघि नै वीरगञ्ज युथ क्लब फाईनल प्रवेश गरेको छ । बागमती ११ लाई पराजित वीरगञ्ज युथ क्लबले फाईनल यात्रा तय गरेको हो ।

check this out – करैयामाई चौथो पिपरा गोल्डकपमा ‍वीरगंज युनाईटेड विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *