मेची महाकाली बुहारी संयुक्त आवाज बाराद्वारा वृद्धाश्रमलाई सहयोग

मेची महाकाली बुहारी संयुक्त आवाज बाराले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा रहेको वृद्धाश्रममा खाध्यान्न वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेकोछ ।

बुहारी समाज बाराले बिहिबार वृद्धाश्रममा पुगी चामल,दाल,चिनी,फलफुल लगायत अन्य बिभिन्न खाध्यान्न सामाग्रीहरु वितरण गरेको सचिव उषा थापा मोक्तानले बताउनुभयो। बुहारी संयुक्त आवाज बाराले आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई सम्मान समेत गरेको सचिव उषा थापा मोक्तानले बताउनुभयो ।

बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष सावित्री बराल तिमल्सिनाको नेतृत्वमा वृद्धाश्रम पुगेका बुहारीहरुको टोलीमा उपाध्यक्ष सगुन लामा,कोषाध्यक्ष दिपा मगर,सहसचिव गंगामाया श्रेष्ठ,सदस्यहरु धनि भण्डारी,शान्ति लामा,अनिता पाण्डे,चन्द्रिका पुलामी मगर लगायत बुहारी संयुक्त आवाज बारामा आबद्ध बुहारिहरुको सहभागिता रहेकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *