संचारकर्मीहरुको नयाँ गित सार्वजनिक

संचारकर्मीहरुको नयाँ गित सार्वजनिक :- भ्यालेन्टाइन डे (प्रेम दिवस)को अवसरमा संचारकर्मी मुकेशकुमार साहले सांगितिक क्षेत्रमा नौलो कोसेली ल्याएका छन् । विगत एक दशकदेखि रेडियो क्षेत्रमा अनुभव बटुल्दै आएका संचारकर्मी साहको लेखनमा बनेको ‘सुन हो यार’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको छ । संचारकर्मी साहको शब्द एवम् कन्सेप्टमा बनेको सो गीतको भिडियोलाई युभास श्रेष्ठले निर्देशन गरेका हुन् ।

किशन यादवको स्वरमा बनेको गीतको भिडियोमा साह स्वंम्को मुख्य भूमिका रहेको छ । भिडियोमा साहसँगै संचारकर्मीहरु ओम किशोर, मनिता पाण्डे लगायतको मुख्य भूमिका रहेको छ । भिडियोलाई विशालराज राईले सम्पादन गरेका हुन् । गीतले प्रमेमा धोका पाएपछिको सन्दर्भलाई समेटेको लेखक साहले बताए । भिडियोलाई विशेषता क्रियशन युटुब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । संचारकर्मी साहकै शब्दमा बनेको ‘ ना चाही तिलक, ना चाही गाडी’ बोलको गीत यसअघि सार्वजनिक भैसकेको छ ।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *