प्रगतिनगरमा युवा समूहबीच गोली चल्यो

नवलपुर : पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ । प्रगतिनगरको एक होटल अगाडी स्थानीय युवाबीच भएको विवादले उग्ररुप लिएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । 

झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरेपनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । प्रहार गरिएको गोली मोटरसाइकलको ट्यांकीमा लागेको छ । घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

गोली प्रहार गर्ने युवाको समूह फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । दुईजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • Annapurnapost

याे पनि हेर्नुस – बाराको निजगढमा पोखरा-निजगढ साहित्यिक यात्रा गोष्ठि सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *