बाँकेका नौ सरकारी कर्मचारीमा कोरोना, सात जना राजस्वका

बाँके : बाँकेका विभिन्न सरकारी कार्यालयमा कार्यरत नौ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

यीमध्ये आन्तरिक राजस्व कार्यालयका मात्र सात जना छन्। उनीहरुका परिवारका तीन जनामा पनि कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार, बाँके जिल्ला अदालत र यातायात व्यवस्था कार्यालयका एकएक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। उनीहरुसँगै बाँके जिल्ला अदालतका कर्मचारी र यातायात व्यवस्था कार्यालयका कर्मचारीका नजिकका नातेदारलाई पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए।  ​यसैबीच, कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि आन्तरिक राजस्व कार्यालयलाई सील गरि आइसोलेसन सेन्टर बनाइएको छ।

त्यहाँ कोरोना संक्रमण भएका सरकारी कर्मचारीलाई राखिएको श्रेष्ठले बताए।  त्यसैगरी, संक्रमित संख्या घट्दै गएपछि बन्द गरिएको लायन्स डेन्टल अस्पतालको आइसोलेसनलाई पुनः संचालनमा ल्याइएको छ।

बिहीबार फेला परेका संक्रमितलाई सोही आइसोलेसन सेन्टरमा राखिएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए। यातायात व्यवस्था कार्यालयलाई पनि यसअघि नै सिल गरी कामकाज बन्द गरिएको छ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *