इरानमा सरकार विरोधी प्रदर्शन, २०८ जनाको मृत्यु, सात हजार पक्राउ

इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म सात हजार जना प्रदर्शनकारी पक्राउ परेको पाइएको छ। 

संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए।  राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको छ। प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्लले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ। 

भिडियोमा सुरक्षाकर्मीहरु धेरै ठाउँमा प्रदर्शनकारीविरुद्ध जाइलागेको देखिएको मानवअधिकारसम्वन्धी राष्ट्रसंघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताए।  

प्रदर्शनकारीहरु भागेर टाढा टाढा जादाँ पनि सुरक्षाकर्मीहरुले पछाडिबाट गोली प्रहार गरेको देखिएको उनको भनाइ छ। 

र याे पनि हेर्नुस – दक्षिण एसियाली खेलकुदमा नेपालले प्राप्त पदकका संख्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *