एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

इन्डियन प्रिमियर लिग (आईपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ बाट युनाइटेड अरब एमिरेट्स (युएई) मा सुरु हुँदैछ। विश्व चर्चित खेलाडीहरुको सहभागी हुने लिगमा ब्याट्सम्यानहरु सर्वाधिक रन बनाउदै अरेन्ज क्याप जित्ने लक्ष्यमा हुन्छन्। जसमध्ये डेभिड वार्नरले सर्वाधिक ३ तथा क्रिस गेलले २ पटक जितेका हुन्। यसै सन्दर्भमा आज आईपीएलको एकै सिजनमा सर्वाधिक रन बनाएका पाँच खेलाडीको बारेमा प्रस्तुत गरेका छौं :-

माइक हस्सी (चेन्नाई सुपर किङ्ग्स,२०१३)

मिस्टर क्रिकेट उपनामले समेत चिनिने अस्ट्रेलियन ब्याट्सम्यान हस्सीले २०१३ को सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए। ओपनिंग ब्याट्सम्यानले उक्त सिजन १७ खेलमा ७३३ रन बनाउदै अरेन्ज क्याप हात पारेका थिए। ५२.३५ को औशतमा उनले ६ अर्धशतक प्रहार गरेका थिए। हाल उनी ब्याटिंग प्रशिक्षकको रुपमा सिएसकेमा आबद्ध छन्।

क्रिस गेल (रोयल च्यालेन्जर्स बैंगलोर,२०१२)

टि-२० क्रिकेटका महान बायाँ हाते विस्फोटक ब्याट्सम्यान छोटो फर्म्याटको खेलमा विरोधी टिमका लागि घातक सावित हुने गर्छन्। २०१२ मा अरेन्ज क्याप जित्ने क्रममा गेलले १५ खेलमा ६१.०८ कोऔशत र १६०.७४ को स्ट्राइक रेटमा ७३३ रन बनाएका थिए। त्यस क्रममा उनले ४६ चौका र ५९ छक्का प्रहार गरेका थिए। ५९ छक्का एकै सिजन कुनै पनि ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो। दोश्रो धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि गेलनै जुन् जसले २०१३ मा ५१ छक्का हिर्काएका थिए। गेलले २०१३ को सिजनमा ७०८ रन तथा २०११ मा अरेन्ज क्याप जित्दा ६०८ रन बनाएका थिए।

केन विलियमसन (सनराइजर्स हैदराबाद,२०१८)

बल टेम्परिंगको कारण डेभिड वार्नरलाई १ वर्षको प्रतिबन्ध लगाइएपछि केन विलियमसनले २०१८ मा वार्नरको सट्टा हैदराबादको कप्तानी सम्हालेका थिए । वार्नरको अनुपस्थितीमा विलियमसनले गजबको प्रदर्शन गर्दै अरेन्ज क्याप जितेका थिए। उनले उक्त सिजन १७ खेलमा ५२.५० को औशतमा उनले ७३५ रन बनाउदै टिमलाई फाइनलसम्म पुर्याएका थिए। यस क्रममा किवी ब्याट्सम्यानले ८ अर्धशतक प्रहार गरेका थिए।

डेभिड वार्नर (सनराइजर्स हैदराबद, २०१६)

अष्ट्रेलियाका विस्फोटक ओपनर वार्नर लिग इतिहासमै सर्वाधिक ३ पटक रेन्ज क्याप जित्ने खेलाडी हुन्। वार्नरले २०१६ मा अरेन्ज क्याप जित्न चुके पनि हैदरावादलाई उपाधि दिलाउने क्रममा ६०.५७ को औशत र १५१.४२ को स्ट्राइक रेटमा ८४८ रन बनाएका थिए। वार्नरलाई उछिन्दै बैंगलोर कप्तान बिराट कोहलीले ९७३ रन बनाएर अरेन्ज क्याप जितेका थिए। हैदराबादले बैंगलोरलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो। वार्नरले २०१९, २०१७ र २०१५ मा अरेन्ज क्याप जित्ने क्रममा क्रमशः ६९२, ६४१ र ५६२ रन बनाएका थिए।

बिराट कोहली (रोयल च्यालेन्जर्स बैंगलोर, २०१६)

कोहली आईपीएलमै सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन्। सुरुवाती सिजन देखिनै बैंगलोरमा आबद्ध कोहलीले २०१३ यता नेतृत्व गर्दै आएका छन्। कोहली २०१६ को सिजनमा अदभूत लयमा थिए जुन क्रममा रन वर्षात गर्दै १६ खेलमा ९७३ रन बनाएका थिए र एक सिजनमा सर्वाधिक रन बनाउने किर्तिमान आफ्नो नाम गरेका थिए। बिराटले त्यस सिजन ८१.०८ को अपत्यारिलो औशतमा रन बनाएका उनले ४ शतक र ७ अर्धशतक प्रहार गरेका थिए। अधिकांश रन चोटिल हात बाबजुद बनाएका उनले उक्त सिजन बनाएको ४ शतक एकै सिजन सर्वाधिक शतक पनि हो। कोहली पछि एकै सिजन धेरै शतक बनाउने ब्याट्सम्यान क्रिस गेल र हासिम अमला हुन् जसले एकै सिजन २ शतक बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *