सांसद रेशम चौधरीलाई जन्मकैद

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ।

न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार मुद्दाको फैसला गर्दै टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई दोषी ठहर गरेको हो।

सोही मुद्दामा चौधरी अहिले पुर्पक्षका लागि जेलमा छन्।

२०७४ को प्रतिनिधि सभा चुनावमा उनी कैलाली १ बाट सांसद निर्वाचित भएका थिए। 

check this post on आफैंले गोली प्रहार गरी आत्महत्या

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *