साफ महिला : आज नेपालले बंगलादेशसँग खेल्दै

विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ । विराटनगरको शहिद रंगशालामा हुने खेलमा दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । बंगलादेशले भने भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । दुवै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् ।

आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ । त्यस्तै, समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । साफ महिला च्याम्पियन बन्ने लक्ष्य लिएको नेपाल कुनै खेल नहारी उपाधि जित्ने लक्ष्यमा छ ।

you can also check this post on – बिश्वकप फुटबल २०२२ मा अब ४८ देश सहगागी हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *