सांसद चौधरीको संसदीय क्षेत्र बिकास कार्यक्रम अन्तर्गत सामुदायिक भवन निर्माण कार्य शुरु

नवराज चौलागाईं, निजगढ,०४ आषाढ- बारा क्षेत्र नम्बर ०१ का सांसद उमाकान्त चौधरीको संसदीय क्षेत्र बिकास कार्यक्रम अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर ०१ भरतगंज सिंगौल स्थित कछाडीया वस्तीमा सामुदायिक भवन निर्माण कार्य शुरु भएकोछ ।

भवनको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बिहिबार शिलान्याश गर्नुभएकोछ । भवनको शिलान्याश गर्दै मेयर खनालले भवन निर्माण पश्चात कछाडिया समुदायको सांस्कृतिक र सामाजिक कार्य संचालन गर्न भवन उपयोगी हुने भन्दै भवन निर्माणमा नगरपालिकाले पनि आगामी वर्षहरुमा सहयोग गर्ने बताउनुभयो ।

मेयर खनालले कछाडिया समुदाय आदिवासीको रुपमा रहेपनि अन्य समुदाय भन्दा पछाडी परेको भन्दै शिक्षाको माध्यमबाट अघि बढ्न प्रेरित गर्नुभयो ।

सांसद चौधरीको संसदीय क्षेत्र बिकास कोषबाट विनियोजित १० लाख रुपैंयाको लागतमा उक्त सामुदायिक भवनको निर्माण हुन् लागेको वडा नम्बर ०१ का वडा अध्यक्ष मंगल लोप्चनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *