माघि पर्वको अवसरमा २ दिन सार्वजनिक बिदा

माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा बाराको करैयामाई गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका भित्रका थारु समुदायले माघी पर्व बिशेष तरीकाले हर्षोउल्लास सहित मनाउने भएकाले यस पर्वको अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका २०७६/०९/२८ गते बसेको बोर्ड बैठकबाट निर्णय भएर बिदा दिइएको पालिकाले जारी गरेको सुचनामा भनिएको छ ।

स्थानीय पर्वमा मिलान हुनेगरी सबै पालिकाहरुले पर्वको प्रकृति हेरेर सार्वजनिक बिदा दिन पाउने नियम अनुसार स्थानीय सरकारको प्रत्याभुत जनाउनको लागि पालिकाले सार्वजनिक बिदा दिइएको जनाएको छन ।

र यो पनि हेर्नुस – माघे संक्रान्तिमा २ दिन सार्वजनिक बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *